बेनी नगरपालिका–१० पात्लेखेत पहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण हरेक बर्ष विस्तार भइरहेको पहिरोले सिंगो गाउँ नै जोखिमा परेको छ । गाउँ नजिक रहेको बान्द्रेखाल्टो पहिरोले बर्षेनी क्षती पुर्याउन थालेपछि बस्ती नै सुरक्षित ठाउँमा सार्नुपर्ने सरोकारवालाले बताएका छन्। बि.श २०१८ सालमा राहुघाट नदीमा समान्य पहिरो गएपनि लामो समय रोकिएको थियो ।२०६२–६३ सालबाट पहिरो जान थालेपनि रोकथामका लागि गरिएका प्रयास असफल भएका थिए ।

रघुगंगा गाउँपालिका अन्र्तरगत बग्ने राहुघाट खोलाको छेउबाट विस्तार भएको पहिरो बस्तीसम्म पुगेपछि सयौं हेक्टर जमिनमा क्षती पुगेको कार्यवाहक वडा अध्यक्ष लोकबहादुर पुनले बताए । पहिरोस्थलमा हरेक बर्ष ग्याविनजाली, बृक्षारोपण लगाएत पहिरो नियन्त्रणका लागि उपयुक्त मानिएका विधिहरू स्थानीयको जनश्रमदानबाट समेत प्रयोग गरिएपनि खोलाबाटै फराकिलो रुप लिएकाले भू तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतका प्रमुख कृष्ण घिमिरेले बताए ।

उनका अनुसार म्याग्दी जिल्ला पहिरोको उच्च जोखिममा रहेको बताउँदै पात्लेखेतको पहिरो जिल्लाको ठूला पहिरोमा पर्ने बताए । उपल्लो कलीगण्डकी जलाधार क्षेत्रमा पर्ने साविकको धौलागिरी अञ्चलका चारजिल्ला सहित स्याङ्जा हेर्ने गरी पर्वतमा कार्यालय स्थापना गरिएकाले म्याग्दी जस्तो जोखिमपूर्ण जिल्ला कम प्राथमिकतामा परेको जिल्लाका सरोकारवाला निकायले बताएका छन् ।

विज्ञापन