स्वास्थ्य कार्यालय म्याग्दीमा एक कर्मचारीले प्रशासनको अनुमति बिनै सुटुक्क ताला तोडेका छन् । गत साउन १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले कर्मचारीको पेश्सी फस्यौटमा आर्थिक लेनदेनमा संलग्न स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख सहित ४ कर्मचारी कर्मचारीलाई नियन्त्रणमा लिएपछि ताला लगाइएको कोठामा कार्यालयका तथ्याङ्क सहायक मेघनाथ रेग्मीले कर्मचारी नभएको मौका छोपी ताला तोडेर प्रवेश गरेका थिए ।

बिहिबार दिउँसो कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मीको कार्यकक्षमा प्रवेश गरेका थिए । तथ्याङ्क सहायक रेग्मीले प्रशासन शाखाको ताला तोडेर र कार्यालय प्रमुखको ताला कर्मचारी नभएको मौकामा प्रवेश गरेपछि अख्यिारको नियन्त्रणमा रहेका कर्मचारीका आफन्तले प्रशासनमा प्रमाण नष्ट गर्ने प्रयास गरेको भन्दै निवेदन दिएका थिए ।

औजार प्रयोग गरी ताला तोडेर प्रवेश गरेको अवस्थामा अख्तियारको नियन्त्रण बाहिर रहेका कर्मचारीले आफ्नो कमजोरी लुकाउन प्रमाण नष्टको प्रयास गरेको आशंका गरिएको छ । स्वास्थ्यका कार्यरत कर्मचारी बीच लामो समयदेखि ब्यक्तिगत द्धन्द्ध समेत रहेको थियो । एकले अर्कोलाई असफल बनाउने प्रयासमा सक्रिय रहेका थिए । कार्यालय सहयोगी लेककुमारी सुबेदी कार्यालयबाट बाहिर गएको अवस्थामा ताला तोडेर नयाँ ताला प्रयोग गरिएको भेटिएको सहयाक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बताए ।

‘ताला तोडेर प्रवेश गरेको देखियो,‘भित्र कागपत्र दुरुपयोग भएको बारेमा अहिल्यै भन्न सकिदैन’ सुबेदीले भने । उनले प्रहरी सहितको अनुसन्धानको क्रममा छाप सहित कार्यालयको सामान प्रयोग गर्न तोडेर प्रवेश गरेको तथ्याङ्क सहायक रेग्मीले बताएका छन् । प्रहरीले प्रशासन शाखाको ताला तोडेको अवस्थालाई थप अनुसन्धान गर्नुपर्ने जनाएको छ । कार्यालय सहयोगीसँग भएको ताला प्रयोग नगरी कर्मचारी नभएको मौकामा तोडेर प्रवेश गर्नुलाई रहस्यमय मानिएको छ।

‘कार्यालय बाहिर भएको मौकामा यस्तो भएको थियो,‘मेरो झोलामा भएको चापी समेत निकालेर प्रयोग गर्नुभयो’ कार्यालय सहयोगी लेककुमारी सुवेदीले भनिन् । ताला तोडेर अन्य कागजातरू प्रयोग नगरेको बताएपनि अख्तियारको नियन्त्रणमा रहेका कर्मचारीका आफन्तले कार्यालयबाट सरुवा भएका भिमप्रसाद आचार्यको निर्देशनमा ताला तोडेर प्रमाण नष्ट गरिएको आरोप लगाएका छन् । ‘पेश्सी फस्यौतको क्रममा पेश गरिएको कागजातहरू कमजोर थिए,‘अनुसन्धानमा पर्ने डरले ताला तोडिएको छ’ अख्यितारको नियन्त्रणमा रहेका कर्मचारीका आफन्तले भने ।

गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रम वापत कार्यालयका भरत आचार्यले पेस्की फछ्र्योट गरिदिने वाहनामा घुस मागेको भन्दै अख्यिारको सहयोगमा १ लाख ३० हजार रुपैयाँसहित नियन्त्रणमा लिएका थिए । कार्यालयका लेखापाल हरिशंकर शर्मा र चालक भवदत्त जैसी समेत नियन्त्रणमा छन् । यता जिल्ला प्रशासन कार्यालयले कागजात सहित कार्यालयको सुरक्षाका लागि दर्ताचलानी, छाप सहितको कागजात उपलब्ध गराएर कार्यालय प्रमुख र प्रशासन शाखाको चापी नियन्त्रणमा लिएको छ ।

विज्ञापन