म्याग्दीमा करिव २१ सय ५० घरधुरी बाढी पहिरोको जोखिममा रहेको छन् । जिल्लामा रहेको कुल २ हजार २९७.०६ वर्ग किमीं क्षेत्रफलबाट ३७ लाख ४५ हजार, ६९० घन मिटर मलिलो माटो बग्ने गरेको कारण ग्रामिण क्षेत्रमा ठूलो परिमाणमा भू–क्षय र पहिरो जाने गरेको भू तथा जलाधार ब्यवस्थापन कार्यालय पर्वतले जनाएको छ ।

भिरालो जमिन, कमजोर माटो, भूमिगत जलप्रवाह, बस्ती नजिकबाट सडक विस्तार लगाएत विभिन्न कारण जिल्लाका अधिकांस बस्ती पहिरोको जोखिममा रहेको कार्यालय प्रमुख कृष्ण घिमिरेले बताए । ‘जिल्लालाई बाढीपहिरोबाट जोखिम मानिन्छ,‘विनियोजित बजेट प्रयाप्त छैन’ घिमिरेले भने । उनले केही बस्ती ठूला पहिरोको जोखिममा भएकाले स्थानान्तरको आवश्यकता रहेको बताए ।

बिनासमैत्री सडक, बस्ती माथिको क्षेत्रमा विकास निर्माणका गतिविधि, नदीखोलाको कटानीले आधादशक अगाडीसम्म सामान्य पहिरोलाई उचित रोकथामको अभावले जोखिम बढेको घिमिरेको भनाई छ । कुल बर्ग किलोमिटरमा प्रतिबर्ष बग्ने मलिलो माटोले जिल्ला बाढीपहिरोमा उच्च जोखिममा रहेको देखिएको छ ।

जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौंको संख्यामा रहेका मध्यम तथा साना पहिरोले करिव ९ सय र बाढीले १२ सय ५० घरधुरी जोखिममा परेको जनाइएको छ । पहिरोले १ हजार ३४.१ हेक्टर क्षेत्रफल ओगटेको कार्यालयले जनाएको छ । उपल्लो कलीगण्डकी जलाधार क्षेत्रमा पर्ने साविकको धौलागिरी अञ्चलका चारजिल्ला सहित स्याङ्जा हेर्ने गरी पर्वतमा कार्यालय स्थापना गरिएकाले म्याग्दी जस्तो जोखिमपूर्ण जिल्ला कम प्राथमिकतामा परेको जिल्लाका सरोकारवाला निकायले बताएका छन् ।

साविकका ४१ मध्ये ३७ गाविस बाढीपहिरोको जोखिममा रहेको छ ।
भू–क्षय तथा पहिरोबाटगुर्जा,मुदी,लुलाङ्ग,वेगखोला,निस्कोट,रुम,पात्लेखेत,भु–तातोपानी,नारच्याङ्ग,कुईनेमंगले, पुलाचौर,पाखापानी, ओखरबोट,मुना,मुदी,भकिम्ली, बरंजा, अर्मन, हिस्तान, दोवा,शिख, घारका विभिन्न बस्ती संवेदनशील क्षेत्रमा समावेश गरिएको छ ।

त्यस्तै कालिगण्डकी कटानका कारण उत्तरी म्याग्दीको अन्न्पूर्ण गाउँपालिकाको भूरुङतातोपानी बजार, बेगखोला, रघुगंगा गाउँपालिकाको पिप्लेको चमेरे,बेनी नगरपालिका अन्र्तरगत पर्ने गलेश्वर बजार,वेनीबजार, आनन्दबगर लगाएत तटिय क्षेत्रमा रहेका बस्ती जोखिममा छन् । उता म्याग्दी खोलाले जिल्लाकै दोस्रो ब्यापारिक केन्द्र दरवाङ बजार,रातोढुंगा, सिम, ताराखेत, बाबियाचौर, अर्मन हाँडेभिर, निस्कोटको खोप्टी गाउँ, तातोपानी, बगरफाँट, सिंगा, बेनी मंगलाघाट बजार जोखिमको सुचीमा राखिएको छ ।प्राकृतिकसँगै मानवसृजित विना प्रमुख कारण भएको बताए ।

ग्रामिण क्षेत्रमा सामुदायिक बन तथा मापदण्ड विपरित धमाधम सडक विस्तारले बाढीपहिरोको जोखिम हरेक बर्ष थपिदै गएको प्राविधिकहरुको भनाई छ । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला,फूलबारी रितुमखोल,घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ ।

एकसाता अगाडी म्याग्दीको माथिल्लो क्षेत्रमा भएको भिषण बर्षाले म्याग्दी खोलामा बाढी आउँदा तटिय क्षेत्रमा जोखिम बढेको थियो । ‘नगरक्षेत्र भित्र बर्षेनी क्षती पु¥याउने गरेको छ,‘ठुला पहिरो रोकथाम गर्न असम्भव जस्तै देखिन्छ’ मेयर हरिकुमार श्रेष्ठले भने । उनका अनुसार नगरस्तरीय विपद् ब्यवस्थापन समितिमार्फत विपद्को पूर्व तयारी सुरू गरिएको उनले बताए । जिल्लाका अन्य स्थानीय तहले समेत विपद् ब्यवस्थापनमा सक्रियता देखाएपनि प्रयाप्त बजेटको अभावले समस्या भएको बताए । स्थानीय तहमा विपद् ब्यवस्थापनमा प्रयाप्त बजेट विनियोजन गर्न समेत जनप्रतिनिधिले माग गरेका छन् ।

म्याग्दीका मुख्यपहिरोहरुः
ड्ड बान्द्रेखाल्टीपहिरो, पात्लेखेत, बे.न.पा. १०
ड्ड पाखाखेतपहिरो, पात्लेखेत, बे.न.पा. १०
ड्ड पाखापानीऔलको पहिरो, रघुगंगा गा.पा.६,
ड्ड जुकेपानीपहिरो, ओखरबोट, मालिकागा.पा. ४
ड्ड तोराखेतको पहिरो, भकिम्ली, बे.न.पा.५
ड्ड जुकेपानीपहिरो, लुलाङ्ग, धौलागिरीगा.पा. २
ड्ड दरगाउँको पहिरो, मुना, धौलागिरी गा.पा. ३
ड्ड गाउँमुनिको पहिरो, दग्नाम, रघुगंगा गा.पा. ४
ड्ड चिप्लेटी पहिरो, पुलाचौर, बे.न.पा.५
ड्ड गोगनपानीपहिरो, दरबाङ्ग, मालिकागा.पा. ६
ड्ड नेटाको पहिरो, अर्मन, मंगलागा.पा. ५
ड्ड खर्सुपानीपहिरो, बरंजा, मंगलागा.पा. ३
ड्ड तल्लो गाउँको पहिरो, शिख, अन्नपूर्ण गा.पा. ५
ड्ड लाम्पाटाको पहिरो, मंगलागा.पा. २
ड्ड फापरखेतको पहिरो, बे.न.पा. ४
ड्ड राम्चेको पहिरो(बैसरी पहिरो), अन्नपूर्ण गा.पा. ८
ड्ड रायखोरको पहिरो, पाखापानी, रघुगंगा गा.पा. ६
ड्ड घ्याङग्रीखोलाको पहिरो

विज्ञापन