‘नियाल्दा बेनी बजार माथिबाट सबैलाई मान्छे बराबर देखिदो रहेछ’।
‘घरहरुमात्र ठूलो सानो भएर के भयो र मान्छे उत्रै देखान्छ’।
‘लभ्ली बेथा र कथाहरु फरक फरक भएर के भयो र सुनसान र शान्त देखिन्छ लभ्लीहिल’
‘पानी नाअएको धेरै दिन हुँदा पनि सबै आनन्दी र स्वस्थ देखिन्छ’
‘बिदेशिएर मलाई पढाउन गएका बाबाको दुख नदेखाउदा दुख्छ लभ्ली’
‘कोठाभित्र रोएकी मेरि आमाको आँसु नदेखाउदा दुख्छ लभ्ली’

म्याग्दीको सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तब्यको रुपका विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको लभ्लीहिलमा शुक्रबार माउण्ट एभरेष्ट आवासीय माविकी छात्रा एन्जेलिना अर्मजाले बाचन गरेको रचना हो। माउण्ट एभरेष्ट आवासीय माविले विद्यार्थीलाई स्थलगत रुपमा भ्रमणमार्फत आफ्ना रचनाहरू सुनाउने तथा प्राकृतिक सँग रम्ने कार्यक्रम अन्तरगत लभ्लीहिलमा पुगेकी अर्मजाले प्रदेशमा रहेका अभिभाकलाई लभ्लीहिलबाटै आफ्नो सन्देश सुनाईन्।

सुन्दर र शान्त ठाउँमा वरीपरी विद्यार्थीलाई र बेनीबजारतिर देखाउँदै अर्मजाले अग्ला घरहरू भएपनि मान्छे उस्तै देखिन्छ, पानी नआएपनि बेनीमा बस्ने मान्छे आनन्दी र स्वस्थ छन् भन्दै आफ्नो रचना सुनाउँदै गर्दा विद्यार्थीले समेत साथमा साथ दिएका थिए ।प्रदेशमा रहेका आमाबुबालाई सम्झिएर अर्मजाले प्रस्तुत गरेको रचना नै लभ्लीहिलमा बाचन गरिएका ३६ रचनामा उत्कृष्ट भयो ।

प्रतियोगितामा अर्मजासँगै प्रमोद परियारको रचनाले समेत उत्कृष्ट पुरस्कार पायो ।विद्यालयले कक्षा ७, ८ र ९ का साहित्य र लेखनमा ईच्छा राख्ने विद्यार्थीहरुलाई लेखनमा प्राकृतिक सामिप्यता र निरन्तर दिने उदेश्यले कार्यक्रम गरेको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले बताए। ‘सृजना र बाचनमा उनीहरुले रोजेको ठाउँमै लैजान्छौ,‘हामीले अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिन्छौ’ केसीले भने ।

उनले एक झलक बेनीबजारतिर भन्ने यात्रामा प्रस्तुत भएका रचनाले नै विद्यार्थीको अतिरक्ति क्रियाकलाप प्रतिको आर्कषण देखिएको बताए । उनले चार शुक्रबार चार ठाउँबाट बेनीबजार हेदैं रचना सृजन ागर्ने र बाचन गर्नेलाई उत्कृष्ट पुरस्कारले सम्मान गर्ने बताए । लभ्लीहिल, मल्लाज, पुलाआश्रम तथा बेनीबजार देखिने महारानीथानलाई विद्यार्थीले रचना बाचनको स्थलको रुपमा रोजेका छन् ।

बेनीबजारका सम्भावनासँगै विद्यार्थीले क्याम्पसचोकको बाढी, महँगी,कालिगण्डकीको घुस्सा, साँधुरो गल्ली, तीब्र र कानै फुट्ने आवाजको राईडिङ, आँखा छल विकास, नगरपालिकाको चरित्रचलचित्र, आसपासका देखनिे झुप्रा बस्ती, आँखा चिम्लेका बृद्ध, कुरुप एतिहाँसिक भूमी रोइरहेको पुलाअश्रम जस्ता धेरै रचनाहरुमा जोडेरका थिए । लभ्लीहिलमा फोहोरको डंगुर देखेर विद्यार्थीले गुनासो गरेका थिए।

कुहिने र नकुहिने गरी दुईवटा डस्विनको प्रयोग नभएको गोलघर (भ्यु प्वाईन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेन्च आसपासका क्षेत्रमा पलाष्ट्रिकजन्य फोहोर, मदिराका बोत्तल यत्रतत्र भेटिएपछि विद्यार्थीले संकलन समेत गरेका थिए। निर्माणधिन अवस्थामा रहेको पदमार्ग हुदै पुगेका विद्यार्थीले प्राकृतिक सौन्दर्यतालाई जोगाउन फोहोर ब्यवस्थापन गर्नुपर्ने भन्दै अर्कापटक योजना बनाएर आउने प्रतिबद्धता स्थानीयलाई जनाए । यसैबीच विद्यार्थीलाई ब्यवहारिक शिक्षालाई पाठ्यक्रमसँग जोड्ने गरी फिल्ड भिजिटलाई समेत प्राथमिकता दिएको छ । सर्वसाधारणको दैनिक जीवन, बालबालिकाको अनविज्ञता लगाएतलाई समेट्ने गरी अवलोकन गर्ने कार्यतालिका समेत बनाएको छ ।

विज्ञापन