मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेन्टर एवम् म्याग्दी, मुस्ताङ मल्टीप्रपोज टेक्नीकल कलेजको अध्यक्षमा म्याग्दीका सन्तोष रावल चयन भएका छन् । बागलुङमा सम्पन्न पाँचौ साधारणसभाबाट सञ्चालक समितिको सदस्यमा चण्डीप्रसाद शर्मा, चिरञ्जीवि गौतम,चन्द्रकुमार केसी,शिशिर पन्त,भुमिश्वर गौतम र प्रमानन्द कँडेल रहेका छन् । अधिवेशनबाट सल्लाहकारमा मणिभद्र शर्मा कँडेल र नवराज शर्मा रहेका छन् ।

बागलुङमा सञ्चालित हस्पिटलको सेवालाई थप प्रभावकारी बनाउँदै साविकको धौलागिरी अञ्चलभित्रकै नमुना बनाउने अध्यक्ष रावलले बताए । ‘हस्पिटल र कलेजलाई सँगै लैजान्छौ,‘गुणस्तरीय स्वास्थ्य सेवामार्फत नै आर्कषित गछौ’ रावलले भने । उनले हस्पिटलले सेयर विस्तार सहित विभिन्न योजनाहरू समेत सार्वजनिक गरेको बताए । हस्पिटलले स्वास्थ्य शिविर सहित टेक्नीकल कलेजमार्फत स्वरोजगारमुलक शिक्षालाई समेत अगाडी बढाउने जनाइएको छ ।