म्याग्दी उद्दार समिति बहराइनले पवित्र आत्मा बाल कल्याण गृह लाई आर्थिक सहयोग गरेको छ । ललितपुर जिल्ला बडा नम्बर १४ ढोलटीमा सञ्चालित बालगृहलाई रहेका अनाथ र बिपन्न बालबालिकाको लागी पालनपोषण ,पठनपाठन र स्वास्थ्य परिक्षणका लागि ८२ हजार ७८२ रुपैयाँ सहयोग गरिएको हो ।

गृहमा रहेका बालबालिकालाई कुनैपनि सरकारी निकायबाट सहयोग प्राप्त नभएको अवस्थामा गृह सञ्चालनमा देखिएको समस्याका बारेमा जानकारी भएपछि म्याग्दीबाट बहराइनमा रहेका म्याग्देलीको साझा संस्था समितिका निवर्तमान कार्यकारिणी संयोजक तथा प्रवक्ता रामचन्द्र पौडेलले गृहका अध्यक्ष सुन बहादुर बिक लाई सहयोग हस्तान्तरण गरेका थिए। गृहमा १५ जना बालबालिका रहेका छन् ।

उद्धार समितिका अध्यक्ष लोकबहादुर राम्जालीले सहयोगलाई बालबालिकालाई खर्च गर्ने गरी प्रतिबद्धता आएको बताए । उनले समितिमार्फत सामाजिक, सांस्कृतिक लगाएत विभिन्न क्षेत्रमा सहयोग गरिएको बताए । म्याग्दी जिल्ला बाहेक पनि समितिमार्फत देशका विभिन्न क्षेत्रमा सहयोग हुदै आइरहेको छ ।