आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको बिचमा बेनीका एक यूवाले आफ्नो छोरीको जन्मदिन मनाउने खर्चलाई गलेश्वरको बृद्धआश्रममा रहेका जेष्ठ नागरिकलाई भोजन गराएका छन्।

बेनी नगरपालिका वडा नं ७ संगमचोकका विपिन श्रेष्ठले छोरी आहानाको जन्मदिनको अवसरमा गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रमा रहेका बृद्धबृद्धालाई करिव २१ हजार बराबरको सहयोग गरेका छन् । ‘छोराछोरी नभएका बृद्धबृद्धासँग छोरीको पहिलो जन्मदिन मनाउने अवसर मिलेको छ,‘भविस्यमा पनि यस्तै कार्यलाई निरन्तरता दिनेछौ’ विपिनले भने ।

बृद्धबृद्धालाई भोजन सहित सहयोग कार्यक्रमको अवसरमा जेष्ठ नागरिकका साथै शालग्राम विद्याआश्रमका विद्यार्थीले समेत धन्यवाद दिएका थिए । जन्मदिन तथा चाडपर्वमा अवसरमा सुविन भाडा पसलका प्रोपाईटर सुविन र विपिन श्रेष्ठले समेत बालगृहका बालबालिकालाई नियमित सहयोग गर्ने गरेका छन् ।

विज्ञापन