प्रतिभाशाली विद्यार्थी विद्यालयको सम्पत्ती भएको म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । माउण्ट एभरेष्ट आवासीय माविले मंगलबार आयोजना गरेको कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा भेटघाट कार्यक्रममा विभिन्न क्षेत्रमा योग्य जनशक्ती नै विद्यालयको स्थायी सम्पत्ती भएको विद्यालयका कार्यवाहक अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

कक्षा १२ ले नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रमको अवसरमा प्रतिस्पर्धात्मक बजारमा अब्बल जनशक्ती उत्पादन गर्ने विद्यालयले प्रोत्साहन सहित स्वागत कार्यक्रम समेत गरिएको उनले बताए ।

विद्यालयबाट माध्यामिक तहको शिक्षा लिएर वित्तिय, सामाजिक, सास्कृतिक राजनीतिक, शैक्षिक, प्रशासनिक, ब्यवसायिक, साहित्यक र खेल क्षेत्रमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत एड्भन्चरस विविध जंग थापा, बैंकर पूर्व विद्यार्थी खिमबहादुर थापा, लोकगायिका मिलन विश्वकर्मा, भलिबल खेलाडी जमानसिंह परियार, विकास बानियाँ, कबड्डी खेलाडी अभिनाश श्रेष्ठ, अमृत सेन्चुरी,, सुदिक्षा बुढा, कराँते खेलाडी रेट्रोडना बानियाँ,रोहन विक र एथलेष्टिक्सतर्फ श्रीया रोकालाई सम्मान कदरपत्रले सम्मान गरिएको थियो ।

सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले जानकारी दिए । सम्मान तथा स्वागत कार्यक्रममा विद्यालयका प्रिन्सिपल आर के चौधरी, सञ्चालक सुरत केसी, रमेश गिरी, प्लस टु शिक्षक लगाएतको उपस्थिती रहेको थियो । विद्यालयको कक्षा ११ र १२ मा ब्यवस्थापनसँगै शिक्षा संकाय अन्तरगत ट्राभल्स एण्ड टुरिजम र पत्रकारिता विषय समेत रहेको छ ।

Leave a Reply