बेनी नगरपालिका–१ उपल्लाचौरमा एककोठे घर छ । बाहिर हेर्दा ठाडो देखिए पनि चारैतिर चर्किएको छ। कुनैपनि बेला भत्किने अवस्थामा रहेको घरमा बर्खाको समयमा चारैतिरबाट पानी छिर्छ । उपल्लाचौर आधारभुत विद्यालयको माथिल्लो भागमा अवस्थित घरभित्र विगत १२ बर्षदेखि ७५ बर्षिया हिरामति कामी बस्दै आएकी छन् । बाहिरबाट हेर्दा घरजस्तै देखिएपनि भित्र बाख्राको खोरभन्दा कम छैन् ।

पूरानो एकसरे ओड्ने सिरक, दाउरालाई सिरानी बनाएर सुत्ने गरेकी कामीले कुनामा बनाएको अँगेना मुस्किलले एकदुई हप्तामा एकपटक बल्छ । पुराना भाँडाकुडा चुहिने अवस्थामा छन् भने एकछाक पकाउने चामलसमेत छैन् । छिमेकीले पकाएर दिएकै भरमा रात कटाउने गरेकी कामीले पेटभरी भात खान पाउनुलाई नै अहोभाग्य ठान्छिन् । बर्खाको समयमा पानी चुहिएकाले सुत्ने ठाउँ समेच चिसो छ ।

चर्किएको गाहेबाट पानी छिर्ने हुदाँ आफ्नो टाउको समेत ओत्याउन समस्या पर्ने गरेको उनले बताईन्।‘मैले छिमेकीले दिएको खान खाएर बाचेकी छु,‘पुराना पोका पुन्तुरा समेत गाउँलेले दिएका छन्,‘चर्किएको घर भत्किएर मर्छु भन्ने डर मात्रै छ’ उनले भनिन् ।पुराना ओड्ने विस्तारा देखि लगाउँने कपडा समेत सहयोग मागेर चलाइरहेको उनले बताइन् ।

उपल्लाचौरकै माथिल्लो बस्तीबाट विस्थापित भएकी किसानको छोराको मृत्यु भएपछि उनले त्यही बसेर गुजरा चलाइरहेकी छन्। पूरानो ठाउँमा बस्ने अवस्था नभएपछि अर्काको जग्गामा बस्दै आएकी उनले चाडपर्वमा समेत आफन्त नआउँदा निरास हुने गरेको बताईन् ।‘भएको छोरालाई मर्यो, छोरीले साथ दिईनन्’आँखाबाट बलिन्द्र आँसुको धारा चुहाउँदै कामीले भनिन्।

उनले सुरक्षित ठाउँमा एउटा सानो घरमा बस्ने चाहना भएको बताईन् ।‘पूरानो ठाउँमा फर्किन,‘त्यहाँ मलाई नै गाली गर्छन्’ उनले भनिन् । नयाँ ठाउँमा नभत्किने घरमा जाने चाहना छ’ उनले भनिन् ।साहराको रुपमा पालेको बाख्रामात्रै भएको बताउँदै उनले साँघुरो भएपनि आफुसँगै राखेको बताईन्। चाडपर्वमा गाउँमा रमाइलो देख्दा आफन्तकोमा जाने रहर भएपनि गरिब भएकै कारण आफन्तले समेत साथ नदिएको उनको गुनासो छ ।

यता वडा अध्यक्ष टेकबहादुर रावलले बृद्धााको सामाजिक सुरक्षाभत्ता बेनपा–३ भकिम्लीमा विवाह गरेकी छोरीले प्रयोग गदै आइरहेको जानकारी पाएपछि बैंकमा रोक्का गरेपनि बृद्धाले बेनीमा जान नमानेपछि प्रयोग गर्न नपाएको बताए ।‘उहाँको समस्यालाई नजिकबाट हेरेको छु,‘मैले आवश्यक पहल गरिरहेको छु’ रावलले भने । दलित, एकल महिना भएपनि छोरीले नियमित बुझ्दै आएको भत्ताको रकम समेत फिर्ता माग्ने प्रयास भइरहेको छ ।

उनले अहिले बसिरहेको ठाउँमा घर बनाउन असभ्भव भएकाले अर्को सुरक्षित स्थानमा लैजान आवश्यक सहयोग गर्ने बताए । सामाजिक सुरक्षाभत्ता सहित आवश्यकता अनुसार केही लत्ताकपडा, खाद्यान्न सहयोग भएपनि धेरै राहत हुने भएकाले सहयोगको अपिल गरिएको छ । यसैबीच लायन्स क्लव बेनी पिससिटीले बृद्धालाई सहयोगको प्रतिबद्धता जनाएको छ । क्लवका अध्यक्ष नरेश श्रेष्ठले बृद्धाको अवस्था नाजुक भएकाले तत्काल आवश्यक पर्ने सहयोग गर्ने बताए।

विज्ञापन