बेनी नगरपालिका वडा नं ३ भकिम्लीको हल्लेगौंडामा जीप दुर्घटना हुँदा कम्तिमा ११ जना घाईते भएका छन् । सदरमुकाम बेनीबाट मुसुङ जाँदै गरेको ग १ ज७०५६ नंम्बरकोयात्रुबाहक जीप पानीस्वाँरास्थीत हल्लेगौंडाको तल्लो घुम्तीमा दुर्घटना भएको थियो । जीप दुर्घटना हुदाँ जीपका जीपधनी याम बहादुर श्रीष, धनकुमारी श्रीष, रुकुम कुमारी घर्ती, आइतेराम विक, डम्बर बहादुर छन्त्याल, रन बहादुर क्षेत्री, बिक्रम सुनार, बिशाल शाक्य, शान्ता शाक्य, बुद्धिकला सुनार, इन्द्र बहादुर विक घाईते भएका छन् ।

घाईतेको टाउको, शरीरका विभिन्न भागमा चोट लागेको चालक समेत रहेका यामबहादुरले बेनीअनलाइनलाई बताए । ‘जोखिम मोलेर यात्रुलाई बचाउने प्रयास गरे,‘एक्कासी बे्रक फेल भएपछि अनियन्त्रित भयो’ श्रीषले भने । यात्रुले समेत भयानक दुर्घटनाबाट जोगिएको बताएका छन् । घाईतेहरुको उद्धारमा प्रहरीको टोली घटनास्थलमै पुगेको छ । घाईतेलाई एम्बुलेन्समार्फत बेनी अस्पतालमा ल्याउँदै गरिएको स्थानीयले बताएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै स्थानीय समेत उद्धारमा पुगेका थिए । दुर्घटनास्थलको माथिल्लो क्षेत्रमा २०७३ मंसिर ११ गते बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो । दुर्घटनाको थप जानकारी आउन बाँकी छ ।