पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महत्या दुरुत्साहनबाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको छ । सोही आधारमा अनुसन्धान भइरहेको मल्लले जानकारी दिए ।

उनका अनुसार निज पुडासैनीको साथबाट डिप्रेशनको औषधिसमेत फेला परेको छ । विगत केही समययता उनले औषधिसमेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेका नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका–३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा दुई जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ ।

पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताए । सोही भिडियोका आधारमा प्रहरीले अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ । उनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

यसै विषयमा न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को टिमलाई मुछेर केही कथित समाचारहरु बाहिरिएको छ । सोही समाचारहरुको विषयमा ‘सीधाकुरा जनतासँग’को प्रस्तोता रवि लामिछाने फेसबुकमा लाइभ आएर आफ्नो धारणा राखेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो पूर्वसहकर्मी शालिकराम पुडाशैनीको पार्थिब शरीर जलिरहेको छ । म भर्खरै त्यहीबाट आएको छु । यस्तो अवस्थामा मलाई र हाम्रो टिमलाई मुछेर जुन किसिमका कुराहरु आइरहेका छन्, मैले त्यसलाई स्पस्ट पार्दैछु । सबै भन्दा पहिला हामी चितवन किन गएनौं, त्यस्तो घटना भएपछि ? भन्ने कुरा आयो । मैले हिजो पनि कार्यक्रममा जानकारी गराएँ । जानकारी आएसँगै हामी पुडाशैनीको परिवार र प्रहरीसँग निरन्तर समन्वयमा छौं ।’ news24nepal.tv

बाँकी कुरा भिडियोमार्फत हेर्नुहोस्…