भकिम्ली जीप दुर्घटना अपडेटः १४ घाईते, ५ जनालाई पोखरा रिफर गरियो

0
659

बेनी नगरपालिका वडा नं ३ भकिम्लीको हल्लेगौंडामा जीप दुर्घटनामा १४ जना घाईते भएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट मुसुङ जाँदै गरेको ग १ ज ७०५६ नंम्बरको यात्रुबाहक जीप पानीस्वाँरास्थीत हल्लेगौंडाको तल्लो घुम्तीबाट करिब ३३ मिटर तल खस्दा मुसुङका २० बर्षिय इन्द्रबहादुर विक, ४० बर्षिया ज्ञानकुमारी श्रीष, बेनपा–७ मंगलाघाटका २५ बर्षिया विशाल शाक्य, उनकी श्रीमती २२ बर्षिया शान्ता शाक्य, छोरी ३ बर्षिया साहिदा शाक्य, मंगला गाउँपालिका बरंजाका २२ बर्षिय विक्रम सुनार, बरंजा बुकेनी ६५ बर्षिय बुद्धिसरा सुनार छन् ।

भकिम्लीकी भुमिदेवी खाती, भकिम्ली डाँडाखानी ७१ बर्षिय डम्बरबहादुर छन्त्याल, ४५ आइतराम विक, मंगला गाउँपालिका–३ बरंजा रत्न बहादुर खत्री ५५ बर्षिय, ४५ रुपा घर्ती, मंगला गाउँपालिका–३ हाल मुसुङ बस्ने यामबहादुर श्रीष रहेका छन् । त्यस्तै बागलुङ नगरपालिका ३ गुठीकी मञ्जु खत्री छन् ।

पाँच घाईतेको पोखरा रिफर
घाईते मध्ये बेनी नगरपालिका ७ मंगलाघाटका विशाल उनकी श्रीमति शान्ता र छोरी साहिता शाक्य, डम्बर बहादुर छन्त्याल र रत्नबहादुर खत्रीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाईतेमध्ये बिशालको शरीर बजारिएको छ भने अन्यको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । जोखिमपूर्ण सडक तथा बर्खाको समयमा चिप्लो सडकले जोखिमपूर्ण मानिएको सडकमा जीपको ब्रेक फेल भएपछि दुर्घटना भएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । दुर्घटना आसपासको क्षेत्रमा २०७३ मंसिर ११ गते बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

Leave a Reply