म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानी कोटगाउँको कालाबाङमा बेवारिसे शव फेला परेको छ । कालाबाङको जंगलमा अन्दाजी ५० बर्षीय पुरुषको शव फेला परेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । उनका अनुसार चरन क्षेत्रमा पुगेका स्थानीयले चिन्न नसकिने अवस्थामा कम्मरबाट तलको भाग मात्रै भएको शव देखेपछि प्रहरी चौकीमा जानकारी गराएका थिए ।

जिन्स पाइन्ट लगाएको बव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । शव करिव १५ देखि २० दिन अगाडीको हुनुपर्ने अनुमान गरिएको छ । गाउँमा भारतीय जस्तै देखिने एक मानसिक सन्तुलन झिँ हुदै प्रवेश गरेको स्थानीयले बताएका छन् । पाखापानीबाट कोटगाउँतर्फ गएको देखेका स्थानीयले सोही ब्यक्ती हुनसक्ने अनुमान गरेका छन् । प्रहरीले स्थानीयको भनाई अनुसार घटनाको मुचुल्का समेत बनाएको छ ।

विज्ञापन