पाइप फुटेपछि लगातार खानेपानीको अभाव भेल्दै आएका बेनीबजारबासीलाई दमकल र ट्याक्टरमा ड्रम राखेर खानेपानी वितरण गरिएको छ । सडकखण्डमा डोजर र पहिरोले क्षती पु¥याएपछि खानेपानीको हाहाकार मच्चिएसँगै बेनी नगरपालिकाले बजार क्षेत्रमा दोस्रो चरण अन्तरगत बिहिबार खानेपानी वितरण गरेको हो । बेनपा ७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र वडा नं ८ का वडा सदस्य हिमबहादुर भण्डारीले वडाभित्र बसोबास गर्नेलाई वडाभित्रका विभिन्न चोकमा पुगेर खानेपानी वितरण गरेका हुन् ।

बेनी–जोमसोम–कोरला सडकखण्ड विस्तारको क्रममा गलेश्वर आसपासका क्षेत्रमा सहमति विपरित डोजरले दैनिकजसो खानेपानी आपूर्ती गर्ने पाइपमा क्षती पु¥याउन थालेपछि बजारबासीले आसपासमा पुगेर पानी ल्याउने गरेका थिए । ‘खानेपानीको समस्यालाई समाधानको प्रयास भइरहेको छ,‘बजारभित्र भाडामा बस्नेलाई पानीको ब्यवस्था गर्ने पहिलो जिम्मेबारी घरधनीको हुन्छ’ वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भने । उनले पाइपमा क्षती पुगेपछि मध्यरातसम्म मर्मतको काम भइरहेको बताए ।

बढ्दो सहरीकरणसँगै भौतिक संरचनामा कुनै पनि बेला हुनसक्ने आगलागी नियन्त्रण गर्ने उदेश्यले ल्याइएको दमकलले दोस्रोपटक बजारभित्र खानेपानी वितरण गरेसँगै केही राहत भएको बजारबासीको भनाई छ । बेनी खानेपानी तथा सरसफाई उभपोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको पुम्दीखोला र बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका करिव २० हजार उपभोक्तालाई वितरण गर्ने गरेको थियो ।

सडक विस्तार र पहिरोले दैनिकजसो पाईपमा क्षती पुगेपछि कालिपुल बसपार्क, न्यूरोड, गणेशटोल, संगमचोक लगाएत आसपासका क्षेत्रमा चरम अभाव भएपछि छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानसम्म पुग्नुपर्ने बाध्यता थियो । यता बेनी खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले धार्मिकस्थल गलेश्वरको पुलवारी र गलेश्वरको पुलपारीको सडक विस्तारको जिम्मा लिएकाले पाइपमा दैनिकजसो क्षती पु¥याउने गरेको बताए ।

उनले भकिम्लीको दुधेखोलाको मुहान नै सानो भएकाले उत्तरी क्षेत्रबाटै ल्याउनुपर्ने बाध्यता रहेको बताए । दुबै मुहानबाट ल्याइएको पानी बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ । प्रतिसेकेण्ड २५ लिटर पानी जम्मा हुने ट्याङकीबाट घर–घरमा पानी वितरण गरिएको छ।

विज्ञापन