सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद ज्ञावलीको नेतृत्वमा एकजना सहयोगापेक्षी सडकमानवको उद्धार भएको छ। सचिव ज्ञावलीले मर्निङ वाकको समयमा एक खुट्टा लतारेर कष्टपूर्ण तरिकाले सडकमा हिडिरहेका बेसहारा देखेपछि मानवसेवा आश्रमकी महासचिव रुपा के.सी लाई फोन गरेर सहयोगापेक्षीको बारेमा जानकारी गराएका थिए ।

रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले सचिवसँग सम्पर्क गरेर उद्धारका लागि समन्वय गरीन् । सचिवले आफ्नै गाडीमा राखेर सहयोगापेक्षीलाई आश्रममा पुर्याएका थिए ।

यो घटना तिलोत्तमा २ जोगीकुटी सडकक्षेत्रको हो । अन्दाजी ६५ बर्षिय सहयोगापेक्षी आफ्नो नाम धिरज सुवेदी बताछन् । शारिरीक अशक्तताको कारण एक खुट्टा लतारेर हिड्ने धिरजमा मनोरोगको पनि समस्या रहेको छ ।

उद्धार पश्चात् धिरज पहिले थाई सरकारी शिक्षक रहेको खुलेको छ। तर हाल धिरजको पेन्सन भने आउदैन । धिरजका अनुसार पेन्सन बापत आउने सबै पैसा छोरीले पहिलै नै बुझिसकेकी छिन् । अहिले छोरी सम्पर्कमा छैनन् । धिरजको परिवारबारे अन्य जानकारी भने प्राप्त भएको छैन ।

आफ्नै गाडीमा राखेर आश्रमसम्म उद्धार गरी ल्याइदिएका सचिव कृष्ण प्रसाद ज्ञावलीले फेरी फेरी यस किसिमको सडकमानवहरुको उद्धार गर्नुपर्ने भएमा आफुलाई फोन गर्न अनुरोध गरे । आफ्नो गाडी कार्यालय जाँदा र आउँदा मात्र प्रयोग हुने भएकोले दिउँसको समयमा उद्धार गर्नुपर्ने भएमा मेरो गाडी प्रयोग गर्न सक्नुहुन्छ सचिव ज्ञावलीले भने ।

दिन दुखि र असहायको उद्धारमा खाली समयमा गाडी प्रयोग भए त्यसले आफुलाई सन्तोष मिल्ने सचिव ज्ञवालीको भनाई रहेको छ । परोपकारी तथा मानवीय भावनाका धनि ५ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद ज्ञावली प्रति कान्तिपथ परिवार विशेष अभार व्यक्त गर्दछ । हरेक राष्ट्रसेवक कर्मचारीले ज्ञवालीको उदारता र परोपकारी भावनाबाट केही सिकुन । Source: kantipath.com