मोस्ट वान्टेड सूचीमा रहेका म्याग्दी जनालाई भारतीय प्रहरीको आग्रहमा अन्तर्रािष्ट्रय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)ले पक्राउ गर्न रेड नोटिस जारी गरेको छ । अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको सहयोगमा २६ बर्षीय रमेश भागदुर नाम गरेका यूवालाई भारतका विभिन्न वित्तिय संस्था र घर तोडफोड गरेर चोरी गररी फरार रहेको सूचीमा राखिएको छ ।

चोरी गतिविधिसँगै आफ्नो देश विरुद्ध गतिविधि गरेको आशंकका गरिएको भन्दै इन्टरपोलको सूचीमा राखिएको भएपनि वास्तविक ठेगना र नाम समेत प्रष्ट छैन । म्याग्दी जिल्ला भनिएर सूचना जारी गरिएपनि रमेश कहिले र कुन समयमा भारतमा चोरी गरेको तथा भारतको प्रदेशमा चोरी भएको जानकारी समेत उल्लेख छैन् । इन्टरपोलमा सूचना दिँदा बास्तविक परिचय सहित सूचना समेत प्रष्ट हुनुपर्ने हुन्छ । रमेशमाथि चोरीसँगै भारत विरुद्धको गतिविधि भनिएकाले आंतकबादसँग समेत जोडिएको हुनसक्ने अनुमान गरिएको छ ।

यता म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले नोटिसको बारेमा जानकारी नभएको बताए । ‘जिल्लाको नाम जोडिएकाले जानकारी आउँछ,‘प्रयाप्त सूचना नहुदाँ समस्या हुनसक्छ’ मरासिनीले बेनीअनलाइनलाई भने ।
फरार अभियुक्त खोज्न, कुनै पनि अपराध गरेर देशबाहिर गएका र अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पक्राउ गर्न जारी गरिने नोटिसलाई रेड नोटिस भनिन्छ । इन्टरपोलको सूचनाका आधारमा विश्वभरी खोजी हुने बताए ।

यसैबीच छिमेकी जिल्ला पर्वतका दुईजनालाई समेत इन्टरपोलले रेड नोटिस जारी गरेको छ। पर्वतका ३० बर्षिय राजेश भागदुर र पर्वत माझफाँट घर भएका ३२ वर्षीय प्रेम सिंह चोरी तथा भारतविरुद्ध गतिविधिमा संलग्न रहेको आरोपमा रेड नोटिसमा छन् । विभिन्न अपराधमा संलग्न भएर प्रहरी कारवाहीबाट भागेका र अनुसन्धानको क्रममा देशबाहिर रहेकालाई अनुसन्धान गर्न नोटिसमार्फत जारी गरिन्छ ।

विश्वभर यो सूचनालाई निकै प्रभावकारी मानिन्छ । विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्रा्ष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सन् १९२३ मा गठन गरिएको हो । सोहीअनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना प्रवाह गरिन्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् ।

विज्ञापन