सेन्ट्रल जोन सिनियर पुरुष भलिबलबाट राजु थकाली बाहिरिए

अग्लो उचाई, मिजासिलो स्वभाव र दरिलो आत्मविश्वास बोकेका भलिबलका खम्बा राजु थकालीलाई एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका बन्द प्रशिक्षणको टोलीबाट चलाखीपूर्ण तरिकाले हटाइएको छ । नेपालमा आयोजना हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट म्याग्दीको मंगला गाउँपालिका–५ अर्मन टिकावाङका शेरचन र अर्का खेलाडी दुर्गा महतो टिमबाट बाहिरिएका हुन् । नेपाल पुलिस क्लबका राजु राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

तीनबर्षदेखि विभागिय टोली अन्तरगत नेपाल प्रहरीमा आवद्ध रहेका शेरचन विभागिय टोलीसँगै राष्ट्रिय टोलीमार्फत अन्तराष्ट्रियस्तरका खेलमा समेत उत्कृष्ट खेल प्रर्दशन गर्ने गरेका थकालीले केहीमहिना अगाडी आठौ राष्ट्रिय खेलकुदमा प्रहरीलाई उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । राष्ट्रिय भलिबल टोलीमा ओपन स्पाइकर हुन् । राष्ट्रिय टोलीबाट धेरै खेलमा सहभागि भएका शेरचनको स्पाइक विपक्षीले रोक्न मुस्किल हुन्छ । अलराउन्डर हुन् ।

उनको सर्भिस समेत निकै उत्कृष्ट छ । विपक्षीको प्रहारलाई शेरचनले अग्लो पहाड जस्तै रोक्न सक्छन् ।नेपाल प्रहरीमा आवद्ध भएलगत्तै अभ्यास तथा केही प्रतियोगितामै उत्कृष्ट खेल देखाएका थकालीले प्रहरीका सिनियर खेलाडीको अभावलाई मेट्ने गरेका थिए । उनलाई सेन्ट्रल जोनमा निकै आशा गरिएपनि बन्द प्रशिक्षबाट हट्ने खेलाडीको सूचीमा राखिएपछि भलिबलका खेलाडी नै आश्चर्यमा परेका छन् । बन्द प्रशिक्षणबाट बाहिरिएपनि शेरचनले प्रतिक्रिया जनाएका छैनन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक नेदरल्याण्ड्सका हान एबिङले दोस्रो चरणमा २५ खेलाडीबाट १८ सदस्सीय टिम छनोट गरेका थिए । तेस्रो चरणमा दुई खेलाडी बाहिरिएसँगै बन्द प्रशिक्षणमा अब १६ खेलाडी रहेका छन् । एसियन भलिबल संघको संयोजनमा आयोजना हुने नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।