म्याग्दीमा शुक्रबार साँझ भुकम्प गएको छ । ६ः२५ मिनेटमा म्याग्दीको सदरमुकाम बेनी तथा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । पश्चिम म्याग्दी सहित बेनी आसपासमा झड्का महशुस गरिएको छ । भूकम्पको रेक्टर स्केल र केन्द्रविन्दुका बारेका राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले केहीबेरमा जानकारी गराउने बताएको छ । जमिन हल्लिएपछि सर्वसाधारण त्रसित भएका थिए ।

चिनको तिब्वत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुदै एउटा फन्टलाइन रहेको बताइन्छ । जसका कारण पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुईदशक यता ४ देखी ५ रेक्टरस्केलका धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ । मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन् । दुईदशक यता धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ रेक्टरको भूकम्प हो ।