म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङलाई केन्द्रिविन्दु बनाएर ४.७ रेक्टर स्केलको नयाँ भुकम्प गएको छ । शुक्रबार साँझ ६ः२६ मिनेटमा लुलाङलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प नयाँ भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बेनीअनलाइनलाई बताए ।

‘यो गोरखा भूकम्पको नया पराकम्प होईन्,‘पश्चिम क्षेत्रमा कुनैपनि बेला ठूलो भुकम्प जानसक्छ’ शर्माले भने । उनका अनुसार म्याग्दी क्षेत्रमा गएको भुकम्पबाट त्रसित हुनुपर्ने अवस्था नभएको बताए । लुलाङ आसपासका क्षेत्रमा समान्य क्षतीको अनुमान गरिएको छ ।

विज्ञापन