शुक्रबार साँझ आएको भूकम्प ४.७ रेक्टरको भुकम्प म्याग्निच्युडको भएको म्याग्निच्युडको भएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । साँझ ६ः२६ मिनेटतिर आएको भूकम्पको केन्द्रविन्दु पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नं २ लुलाङमा देखिएको छ ।

लुलाङमा गएको भुकम्पलाई २०७२ साल १२ गते गोरखा भूकम्पको परकम्प नभएको केन्द्रका प्राविधिक सहायक राजेश शर्माले  बताए। ‘गोरखा भूकम्पको परकम्प होईन्,‘यो नयाँ भूकम्प हो’ शर्माले बेनीअनलाइनलाई भने । उनका अनुसार पश्चिम नेपालमा भूकम्प नगएको करिव ५ सय बर्ष भएकाले पनि ४ रेक्टर स्कलेभन्दा माथिका भूकम्प कुनैपनि बेला जानसक्ने बताए । ४ रेक्टर स्केलको भूकम्पले केन्द्रविन्दु आसपासमा क्षती पु¥याउन सक्ने भएपनि जिल्लाभर त्रसित हुनुपर्ने अवस्था नभएको बताए ।

उनले गोरखा, दोलखा, काटमाण्डौ, भक्तपुर क्षेत्रमा परकम्प हुनसक्ने भएपनि पश्चिम नेपालमा गएको भूकम्प परकम्प नभएको बताए । लुलाङको भट्काबाट त्रसित हुनपर्ने अवस्था नभएपनि केन्द्रविन्दु आसपासका क्षेत्रमा क्षतीको सम्भावनालाई मध्यनजर चासो देखाउनुपर्ने केन्द्रले जनाएको छ । भूकम्पको झट्का महसुस भएलगत्तै थुप्रैले सामाजिक सञ्जालमा लेखेका छन् । यसैबीच पर्वत बेनीमा रहेको न्यू होराईजन आवासीय माविमा रहेको मापन केन्द्रले समेत ४.७ रेक्टर नै देखाएको विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले बताए । उनका अनुसार धक्का महसुस गरेलगत्तै विद्यालयको कम्प्यूटर कक्षमा रहेको यन्त्रबाट तत्कालै जानकारी लिइएको थियो ।

विज्ञापन