धवलागिरी गाउँपालिकाको वडा नं २ लुलाङ खोरियाकी शशिमायाँ पाईजा घरभित्रै काम गदैं थिईन् । हुलाकमा कार्यरत पाईजाले कार्यालयबाट फर्किएपछि घरायसी काममै ब्यस्त भइरहदाँ एक्कासी जमिन हल्लिएपछि घरबाट बाहिर निस्किईन् । जमिनसँगै घरपनि हल्लिएको थियो । गाउँमा घरभित्र बसेका सबै हतारहतार बाहिर निस्किएका थिए । ‘घर नै हल्लिएको थियो,‘पाँचबर्षपछि भूकम्पको धक्का महसुस गरे’ पाईजाले भनिन् । छिमेकी लम्सुङ माविकी शिक्षिका विमला बुढाले पनि भूकम्पको धक्का महसुस भएको बताईन् । ‘त्रसित भएका छन्, केही पनि क्षती छैन’ बुढाले भनिन् ।

‘केन्द्रविन्दू नै घर आसपासमा भएको महसुस गरियो’ उनले भनिन् ।उनका अनुसार आसपासका क्षेत्रमा भूकम्पले धक्काले पुराना घरमा क्षती पुगको हुनसक्ने भएपनि साँझ परेकाले जानकारी लिन नसकिएको बताईन् । त्यस्तै लुलाङ आधारभुत विद्यालयका शिक्षक बिजय रसाईलीले भूकम्पको धक्का महसुस गरेपछि स्थानीय हतारहतारमा घर बाहिर निस्किएको बताए।

उनले भूकम्पले क्षती पुगेको बारेमा कुनै जानकारी नभएको बताए । ‘धेरैपछि भूकम्पको धक्का महसुस भयो, घर पनि हल्लिएको थियो’ रसाईलीले बेनीअनलाइनलाई भने । ०७२ बैशाख १२ गते गएको भूकम्पपछि गाउँमा पहिलोपटक धक्का महसुस गरिएको बताउँदै लुलाङका सबैजसो बस्तीमा घरबाहिर निस्किएकाहरु घरमा प्रवेश गरेका छन् । भूकम्पको धक्का धवलागिरीसँगै म्याग्दीको सदरमुकाम बेनीसम्म महसुस गरिएको थियो । यता प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले भुकम्पको क्षतीको जानकारी नभएको बताए ।

उनले ताकम प्रहरी चौकीलाई खवर गरिएकाले शनिबार दिउँसोसम्म क्षती बारेमा जानकारी हुने बताए । केन्द्रविन्दु आसपासका बस्तीमा समान्य क्षती भएको अनुमान गरिएपनि ठूलो क्षती नभएको प्रहरीले जनाएको छ । ‘सर्तकता अपनाउदाँ राम्रो हुन्छ, धेरै त्रसित हुनुपर्ने अवस्था छैन‘ प्रनाउ मरासिनीले भने । File photo

विज्ञापन