१२ वर्षकी बालिकालाई दिल्ली लगेर १५ दिनसम्म बलात्कार गर्ने आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका (पशुपतिनगरका ४) वर्षका सियाराम महतो छन् ।महोत्तरीको भंगहाकी बालिका आमाकै सहयोगमा बलात्कृत भएको घटना बाहिरिएपछि सियारामलार्ई प्रहरीले पक्राउ गरेको हो ।जेठ २७ गते छिमेकका ४० वर्षीय सियाराम महतोले बालिकाको आमाकै सहयोगमा दिल्ली पुर्याएर बालिकालाई बलात्कार गरेको खुलेको हो ।

बालिकाको आमाको सियारामसँग हिमचिम भएका कारण आमाले छोरीलाई सियारामसँगै दिल्ली लिएर गएकी थिइन् । सियारामले दिल्लीको एउटा कोठामा बन्धक बनाइ आफूलाई १५ दिनसम्म यौन शोषण गरेको बालिकाले बताएकी छिन् । छिमेककै सियारामले आमाछोरीलाई दिल्ली लगेको थाहा नपाउँदा आफन्तले खोजी गरेका थिए । बालिकाकी ठूली आमाले दुवै जनालाई सियाराम र उनका बुवा रामाशिष महतोले दिल्ली लगेको भन्दै फिर्ता ल्याइदिन भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले कारबाही अगाडि बढाएपछि गत असार १६ गते सियाराम आमा छोरीलाई लिएर घर आएका थिए । घर फर्केलगत्तै बालिकाले प्रहरीमा सियारामविरुद्ध करणीको उजुरी दिएपछि सियाराम पक्राउ परेका हुन् ।

अपाङ्ग बुवा बेपत्ता भएपछि परपुरुषसँग आमाको हिमचिम

चमार समुदायकी ती बालिकाका बुबा एक वर्षदेखि बेपत्ता छन् । आर्थिक विपन्नताको कारण बुबा होटेलमा मजदुरी गरेर घरपरिवार चलाउँथे । मानसिक सन्तुलन गुमेपछि बुबा हराएका छन् । तर उनकी आमाले श्रीमानको खोजखबरमा कुनै ध्यान दिइनन् । बरु छिमेककै सियारामसँगको सम्पर्कमा पुगिन् ।

मानसिक सन्तुलन गुमाएर बेपत्ता भएका श्रीमानको खोजी नगरी परपुरुषसँग लागेर बालिकाको अवस्था यस्तो बनाएको बालिकाकी ठूली आमा बताउँछिन् । बालिका र उनकाे दश वर्षका भाइ हाल उनकी ठूलीआमाको शरणमा छिन् । आफ्नो घरको आर्थिक अवस्था पनि कमजोर रहेकाले दुई बालबालिकालाई खुवाउन हुर्काउन समस्या भएको उनले गुनासो गरिन् ।

यसरी भयो घटना : आमाले छले, सियारामले लगे बालिकाको बयान 

मलाई आमाले जनकपुरमासँगै सरसफाइको काम गर्ने भन्दै तिमी पनि हिँड्नुपर्छ भन्नुभयो । मैले इन्कार गरेँ । म घरमै बस्छु भनेँ । तर आमाले फकाएर मलाई लिएर जानुभयो । म आमासँगै घर नजिकैबाट बसमा चढेँ । तर आमाले धनुषाको सखुवा महेन्द्रनगर पुगेपछि बसबाट झर्न भन्नुभयो । मैले भने हजुरले जनकपुर लैजाने भन्नुभएको थियो यहाँ किन ओर्लिनुभयो रु आमाले यहाँ केही काम छ भनेर भन्नुभयो । बसबाट ओर्लेपछि छिमेककै सियारामसँग भेट भयो । त्यसपछि फेरि जनकपुर जाने भन्दै तीनै जना बसमा चढ्यौँ ।

जनकपुर पुगेपछि आमाले घुम्न भारत जानुपर्छ भन्नुभयो । मैले नाइँभन्दा पनि आमाले हप्काउनुभयो । विभिन्न प्रलोभन दिनुभयो । सियारामले पनि हामी घुमेर भोलि नै फर्किने भन्न थाले । त्यसपछि हामी फेरी जनकपुरमा जटहीको बस चढेर जटही हुँदै जयनगर पुग्यौँ । त्याहाँबाट रेल चढेर दरभंगा पुर्याए । त्यहाँ पुलिसले सोधपुछ गर्यो ।

त्यसअघि नै आमाले सियारामलाई बुवा भन्न सिकाएकी थिइन् । मैले भन्न नमान्दा पनि दुवैजना मिलेर भन्न सिकाएका थिए । प्रहरीले सोधपुछ गर्दा आमा र सियारामले सिकाएजस्तै गरि मैले बाबु आमा नै भने । दुईदिनपछि हामी साँझतिर दिल्ली पुग्यौं । त्यहाँ सियारामले एउटा कोठा भाडामा लिएका थिए ।त्यहाँ पुगेपछि म बिरामी परे । रिँगटा लाग्यो । सियारामले औषधि किनेर ल्याए । औषधि खाए पछि म निको भएँ ।

रात परेपछि भने सियाराम र आमाले एउटै कोठामा सुत्न कर गरे । तर मैले अलग्गै सुत्छु भन्दै जिद्दि गर्दा पनि कुनै काम लागेन । सियारामले आफूसँग धेरै पैसा नरहेकाले एउटै कोठामा सुत्नुपर्छ भने । म रुँदै एउटै कोठामा सुत्दिन भनेँ । तर आमा र सियारामले विभिन्न धाकधम्की दिँदै सियारामले कुटपीट गर्न लागेपछि त्यही सुत्न बाध्य भएँ ।

सियारामले घाँटी थिचेर ‘मारदिन्छु, काटदिन्छु, तँलाई कसैले काम दिँदैन, जे भन्छु त्यो मान भन्दै धम्काए । म निकै डराएको थिए तर पनि त्यहाँ कसैलाई नचिन्ने भएकाले आमा र सियारामले भनेको कुरा माने ।तीनै जना एउटै कोठामा एउटै ओछ्यानमा सुत्नुपर्यो । एकछेउमा आमा र अर्को छेउमा म सुतेको थिए । सुतेपछि सियारामले मेरो मुख थिच्दै मेरो सबै कपडा फुकालेर जबरजस्ती गर्न थाले ।

म रोए कराएँ । न त मेरी आमाले सुनिन्, नत सियारामले माने । त्यसपछि दिनरात सियारामले त्यसै गरी कुटपिट र यातना दिँदै १५ दिन बितायो । मलाई त्यहाँबाट भाग्न समेत दिएनन् ।पछि घरबाट फोन आएपछि मलाई लिएर फर्के । बाटोमा आउँदा फेरि उनीहरु दुवै जनाले त्यहाँ भएको कुरा कसैलाई नभन्न प्रलोभन र धाकधम्की दिए ।म अहिले मानसिक र शारीरिक दुवै हिसाबले तनावमा छु । news24nepal.tv