बेनीका पाँच यूवा क्लवले टोलटोलमा खानेपानी वितरण गर्ने

बेनीका यूवा क्लवले टोलटोलमा खानेपानी वितरण गर्ने भएका छन् । बेनी–जोमसोम–कोरला सडकखण्ड विस्तारको क्रममा ठेकेदारले सहमति विपरित धमाधम पाइपमा क्षती पु¥याउन थालेपछि डेढ महिनादेखि बेनीबजारमा भइरहेको खानेपानीको हाहाकार मच्चिएपछि बेनीबजारका विभिन्न यूवा क्लवले एकपटकमा ३ हजार लिटर पानी वितरण गर्ने भएका हुन् ।

खानेपानीको अभावका कारण समस्या झेल्दै आएका बेनीबजारबासीलाई न्यू देभान युथ क्लव, बुद्ध यूवा क्लव, कालिपुल यूवा क्लव, क्याम्पसचोक यूवा क्लव र एभरग्रिन युवा क्लवले खानेपानी वितरण गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । उनका अनुसार एकपटकमा ३ हजार लिटर पानी वितरण गर्ने गरी ब्यवस्थापन गरिएको बताए ।

खानेपानीका लागि बेनी नगरपालिका, खानोपनी तथा सरसफाई संस्थाका साथै विभिन्न हाडवर्यरले ड्रम उपलब्ध गराएका छन् । बुद्ध यूवा क्लवले विगत तीनदिन देखि मंगलाघाट क्षेत्रमा खानेपानी वितरण गरिरहेको छ । विगत डेढमहिना देखि बेनीमा खानेपानीको चरम अभाव छ । भकिम्लीको दुधेखोलाको मुहानबाट ल्याइएको पानी भएकाले उमालेर प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।

बेनी–जोमसोम सडकखण्ड अन्तरगत गलेश्वर आसपासका क्षेत्रमा सहमति विपरित डोजरले दैनिकजसो खानेपानी आपूर्ती गर्ने पाइपमा क्षती पु¥याउने गरेको छ । पटकपटकको लिखित सहमतिलाई समेत ठेकेदारले अटेर गरेपछि बेनीमा खानेपानीको चरम अभाव भएको हो । बेनी खानेपानी उपभोक्ता सरसफाई संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताए ।

अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको पुम्दीखोला र बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाबाट पानी ल्याएर सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका करिव २० हजार उपभोक्तालाई वितरण गर्ने गरेको थियो । भकिम्लीको दुधेखोलाको मुहान नै सानो भएकाले उत्तरी क्षेत्रबाटै ल्याउनुपर्ने बाध्यता रहेको छ । दुबै मुहानबाट ल्याइएको पानी बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ । प्रतिसेकेण्ड २५ लिटर पानी जम्मा हुने ट्याङकीबाट घर–घरमा पानी वितरण गरिएको छ।