जर्ज जोन शिक्षा प्रतिष्ठानले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट ब्यक्तिलाई सम्मान गरेको छ । शनिबार पोखरामा आयोजित २३ औं बार्षिक उत्सवको अवसरमा गण्डकी प्रदेशमै सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सफल भएको भन्दै बेनी सामुदायिक माविका प्रधानध्यापक दिपक श्रेष्ठलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ । गण्डकी प्रदेशमै सामुदायिक विद्यालयलाई नमुना बनाउन श्रेष्ठले खेलेको भूमिकाको समेत प्रशंसा गरिएको थियो ।

सम्मानित हुनेमा श्रेष्ठ सहित दुई जना शिक्षा तर्फ र अन्य सामाजिक संघसंस्था तर्फ रहेका छन् । सोही अवसरमा विद्यार्थीहरुलाई छात्रावृती समेत प्रदार्न गरीएको छ ।जोर्ज जोन सुरु गरेको शैक्षिक आन्दोलनले राष्ट्रिय शिक्षा क्षेत्रमा ठुलो योग्दान दिएको प्रमुख अतिथि गुरुङले बताए । पृथ्वी नारायण वहुमुखी क्यापसका संस्थापक जोर्ज जोनको नाममा विस २०५२ सालमा प्रतिष्ठान स्थापना भएको हो ।