एनसिसी बेनी शाखाले खातावाला बिरामीलाई १० हजार सहयोग

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसिसी) बेनी शाखाले सेवाग्राहीलाई औषधोपचारको रकम हस्तान्तरण गरेको छ। बचत तथा मुद्घती खाता खोली कारोवार गर्ने ग्राहकको उपचारमा सघाउन सुरु गरेको योजना अन्तरगत बेनी नगरपालिका वडा नं २ का भिम बहादुर रिजाललाई उपचार खर्च बापतको १० हजार बेनी शाखा प्रबन्धक लक्ष्मण शर्माले हस्तान्तरण गर्नुभएको थियो । खाता खोलेका ग्राहकले हस्पीटलमा कम्तीमा १ दिन भर्ना भएको अवस्थामा देशभर रहेका जुनसुकै अस्पतालमा उपचार गराएमा सुविधा लिन सकिन्छ ।

यता विरामी रिजालले खाता खोलेर सेवासँगै उपचारमा समेत सघाउने योजनाबाट उत्साहित भएको बताउनुभयो । खाता खोलेर डेबिट कार्ड लिएका ग्राहकहरुलाई प्रतिष्ठित हस्पिटल नर्भिक इन्टरनेशनल हस्पीटल एण्ड मेडिकल कलेज प्रालि काठमाडौ, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि काठमाडौ, ओम हस्पीटल एण्ड रिसर्च सेन्टर प्रालि काठमाडौ मा उपचार गराउदा कुल उपचार खर्चको १० देखि ३० प्रतिशतसम्म छुट हुने जनाएको छ ।