काठमाडौं उपत्यका लगाएत मुलुकका विभिन्न ठाउँमा ह्वात्तै गर्मी चढिसकेको छ । यस्तो गर्मी मौसममा स्वस्थ्य रहन खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । साथै गर्मी मौसममा विभिन्न फलफूलको सेवन गर्नु लाभदायी मानिन्छ ।

गर्मीको सिजनमा पाइने फलफूलमध्ये मेवा पनि एक हो । मेवा जा–कोहीलाई पनि मन पर्छ । तर तपाई हामी मध्ये धेरैले यसको महत्व नै नबुझी प्रयोग गरिरहेका हुन्छौँ । मेवाका स्वादका कारण प्रभावित बनेका तपाई हामीले जान्नै पर्ने र आफ्नो दैनिक आहारामा छुटाउँदै नहुने मेवाका विशेषताहरू यस्ता छन् ।

थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरूले आहाराको रुपमा लिन सक्नुहुन्छ । कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ ।

टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । यदि मेवा सही मात्रामा खाने गरेमा यसले मानिस शरीरको रोगविषहरुबाट छुटकारा दिन्छ । यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ ।

यस्ता छन् अन्य फइदाहरुः

– जन्डिसका बिरामीले मेवाको नियमित सेवन गर्नु फाइदाजनक छ । यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।
– मेवा गाउँघरमा समेत सहजै फलाउन सकिने सस्तो फल पनि हो । मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ । यसले शरीरमा फोलिक एसिड, तथा भिटामिन बी का विभिन्न रुपहरुको कमी हुन दिँदैन ।
– मेवाको बियाँमा जिवाणु प्रतिरोधी गुण हुन्छ । मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ ।
– मेवामा प्रशस्त मात्रामा भिटामिन ए पाइने भएकोले यसको नियमित सेवनले आँखा तेजिलो बनाउँछ । साथै यसले रगतलाई सफा पनि बनाउँछ ।
– यसमा पर्याप्त फाइबर पाइने भएकाले कब्जियत तथा अन्य पाचन प्रक्रिया सम्बन्धि समस्या समाधान गर्न मद्दत गर्छ ।
– मेवाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– मेवाको नियमित सेवनले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ । news24nepal.tv

Leave a Reply