मोना बहराइनको अध्यक्षमा लोक राम्जाली निर्वाचित

मोना बहराइनको अध्यक्षमा लोक राम्जाली निर्वाचित भएका छन् । बहराइनमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी उद्धार समितिको ११ औ महाधिवेशनबाट मोनामा रुपान्तरण भएको संस्थाको पप्रथम उपाध्यक्षमा कुमार तिलिजा, द्धितिय उपाध्यक्ष बिकास पाईजा, तृतिय उपाध्यक्ष भक्त सिकिन्जा, महिला उपाध्यक्ष बिष्णु रकाल, महासचिव दिनेश बस्नेत, कोषाध्यक्ष अमन पाईज, सचिव शुरेश गर्बुजा, सहसचिव ज्ञान बहादुर पुन, सह कोषाध्यक्ष नविन पूर्जा रहेका छन् । सोमबार सम्पन्न भएको अधिवेशनबाट सांस्कृतिक सचिव रमेश केसी, ब्यवस्थापन सचिव आनन्द बानियाँ, खेलकुद सचिव अर्जुन बराईली,अक्षयकोष संयोजक बल बहादुर राई, जनसम्पर्क सचिव निगम शेरचन, महिला संयोजक नरदेवी पुन,महिला सहसंयोजक मनदेवी पुन रहेको महासचिव दिनेश बस्नेतले बताए ।

उनका अनुसार सदस्यहरूमा लालबहादुर भण्डारी, बालकुमार गर्बुजा, मोहन बानियाँ, जमानसिंह शाही, हेम बहादुर केसी, पानमति विश्वकर्मा, टिका केसी र रमेश भण्डारी रहेका छन् । सन् २००२ मा स्थापना भएको म्याग्दी उद्धार समितिलाई रुपान्तरण गरी विश्वभर रहेका म्याग्देलीको एउटै सञ्जाल मोनामा रुपान्तरण गरी मोना बहराइन राष्ट्रिय कार्यकारी समिति घोषणा गरिएको थियो । उद्धार समितिमा समेत यस अगाडी राम्जाली नै अध्यक्ष थिए ।

मानमा स्थति ओरेण्टल प्यालेसमा आयोजित अधिवेशनको उद्घाटन गदै नेपाली राजदुत पदम सुन्दासले बहराइनमा रहेका म्याग्देलीको एकता र सहकार्यबाट अन्य नेपालीले समेत सिक्नुपर्ने बताए । उनले आफ्नो जन्मभूमिका लागि कर्मभूमीबाट गरिएका कार्यबाट उत्साहित भएको बताए । रोजगारको क्रममा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गर्न समेत उनले अनुरोध गरेका थिए ।
सोही अवसरमा विशिष्ट अतिथि मोना अन्तरािष्ट्रयका अध्यक्ष चक्रबहादुर थापाले मोनाले विश्वभर रहेका म्याग्देलीलाई एउटै नामबाट गोलबद्ध गर्ने प्रयास गरेको बताए । उनले विश्वभर म्याग्देली रहेका देशमा मोना गठनको अभियानले तिब्रता पाएको बताए । मोनाका अन्तराष्ट्रियका संस्थापक अध्यक्ष प्रकाश पुन, मोना अन्तराष्ट्रियका उपाध्यक्ष ओमनारायण जुग्जाली, मध्यपूर्व संयोजक ईन्जिनियर नन्द गर्बुजाले समेत बहराइनमा रहेका म्याग्देलीका सामाजिक एवम् विभिन्न रचनात्मक गतिविधिबाट उत्साहित भएको बताएका थिए । बहराइनबाट म्याग्दीमा विपन्नको उपचारमा आर्थिक सहयोग तथा तातोपानी कुण्डमा भौतिक पूर्वाधार, प्राकृतिक विपत्ती लगाएतमा लाखौं सहयोग भएको छ ।