२५ वर्षीया अविवाहित महिलाले जन्माइन् छोरा, गाउँ नै बन्यो हर्षमय

प्रेम सुनार/ सोमवार गुल्मीकी एक अविवाहित महिलाले छोरा जन्माएकी छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर ११ सिमचीचौरकी अन्दाजी २५ बर्षीया रुमकली नेपाली (नाम परिवर्तन) ले जिल्ला अस्पताल तम्घासमा छोरा जन्माएकी हुन् ।सोमबार बिहान उनी सिमिचौरको सडकमा सुत्केरी ब्यथा लागेर लडेको थाहा पाउनासाथ त्यहाँका वडाध्यक्ष खुमबहादुर रानाले तत्काल गाडी मगाई जिल्ला अस्पताल ल्याएका थिए । रानाले अस्पालका स्वास्थ्य कर्मीहरुलाई उनको स्वास्थ्य अवस्था राम्ररी हेरचाह गराउन र खर्चका लागि कुनै चिन्ता नगर्नु भनेर सुझाएका थिए ।

अत्यन्तैै विपन्न परिवारकी उनी मानसिक सन्तुलन समेत ठिक नभएको वडाअध्यक्ष रानाले बताएका छन् । साथै उनको परिवारको अवस्था एकदमै नाजुक रहेकोले उनको सम्पूर्ण उपचार खर्च आफुले ब्यहोर्ने वडाध्यक्ष रानाले बताए छन् । उनले भने– ‘आमा-छोरा दुबैलाई बचाउन सकियो, उनले जन्माएको छोरा देखेर खुशी लागेको छ ।’

वडा सदस्य हुमकली रानाले भने फकाएर सोध्दा पनि उनले कुनै पुरुषको पनि नाम नलिएको बताएकी छिन् । यद्यपि उनले छोरा पाएको खबरले गाउँबासी नै खुसी भएको वडा सदस्य राना बताउछिन् । सुत्केरी भएकी महिला मानसिक सन्तुलन ठिक नभए पछि उनको विवाह नभई बृद्धबृद्धा आमा-बाबुसंग बस्ने गरेकी थिईन् ।उनको र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको प्रशुती गराइएको डाक्टर सरोज पोखरेलले बताए । प्रहरी प्रशासनको सहयोगले बच्चाको वास्तविक बाबुको खोजी गरिने वडाध्यक्ष रानाले बताएका छन् ।