गलेश्वर मन्दिरमा साउन महिनामा करिव १२ लाख भेटी संकलन

प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको सोमबार करिव १२ लाख भेटी सङ्कलन भएको छ । साउन महिनामा परेका ४ ओटा सोमबारमा गलेश्वरधाम दर्शन गर्न तथा पुजा आराधना गर्न आएका भक्तजनहरुबाट ११ लाख ९८ हजार ३ सय ३४० रुपैयाँ सङ्कलन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले बताए।

साउनको पहिलो सोमबार २ लाख ७४ हजार १७७, दोस्रो सोमबार २ लाख ९९ हजार ३२२ रुपैयाँ, तेस्रो सोमबार दुईलाख २९ हजार १ सय ७८ रुपैयाँ र अन्तिम सोमबार ३ लाख ९५ हजार ६६ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

अन्तिम सोमबार सबैभन्दा बढी र पहिलो सोमबार सबैभन्दा कम भेटी सङ्कलन भएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताए ।उनका अनुसार खडेरीका कारण खेतीपातीमै ब्यस्त रहेका ग्रामिण क्षेत्रका किसान दर्शनमा कम आएपनि जिल्ला बाहिरबाट अत्याधिक संख्यामा आएको बताए । शिवरात्री र साउने सोमबार र बालाचर्तुदशीमा अत्याधिक भक्तजन आउने गरेका छन् ।मन्दिरमा बिहानदेखि बेलुकीसम्म भक्तजनले दर्शन गरेपछि प्रहरी, स्थानीयबासीको सक्रियतामा भेटी संकलन गर्ने गरिन्छ । पुजाको भोलिपल्टै भेटी सार्वजनिक स्थानमा गन्ने गरिन्छ ।