लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीको अध्यक्षमा देबेन्द्र घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीको अध्यक्षमा देबेन्द्र घिमिरे ‘गणेश’ निर्वाचित भएका छन् । मंगलबार सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतिष्ठानको १३ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट प्रथम उपाध्यक्ष धुर्व जिसी, द्धितिय उपाध्यक्ष एकराज चापागाई, सचिव पदम विश्वकर्मा, कोषाध्यक्ष देवी जिसी, सहसचिव विजुन खत्री सापकोटा, सहकोषाध्यक्ष रवी कार्की रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा सुनिल बानियाँ, निरु जिसी, शान्ता परियार, नारायण प्रसाद पौडेल, विमला श्रेष्ठ, मिलन विश्वकर्मा, टमयाँ पूर्जा, खरु पाईजा, सरोज पौडेल, जिवन कार्की, कमला रोका, बल बहादुर परियार, कुमारी पुन र भगवती थापा रहेका छन् । अधिवेशनको उद्घाटन गदैं प्रष्ठिानका संस्थापक केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले लोकदोहोरी नेपालको संगीतको धरोहर भएको बताएका थिए । प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष दिपक खड्का, गण्डकी प्रदेशका तर्दथ समितिका अध्यक्ष शंकर विरही गुरुङ, उपाध्यक्ष राजेन्द्र सापकोटा,सचिव पूर्ण परियार, सचिवालय सदस्य कृष्ण अखेली, लोकगायिका धनकुमारी थापा लगाएतको उपस्थिती रहेको थियो । अधिवेशनमा सल्लाहकार समितिको तर्फबाट नेत्र बहादुर महत, पुर्व अध्यक्ष कुलदिप जुग्जालीले मन्तब्य राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष सापकोटाले म्याग्दी जिल्ला लोकसंगीतमा धनी भएकाले विभिन्न कार्यक्रममार्फत अगाडी बढ्ने बताए । उनले लोकसंगीतलाई बालबालिकादेखि बृद्धबृद्धासम्मलाई सहभागी हुने गरी विभिन्न रचनात्मक कार्यहरु गरिने बताए । निर्वतमान अध्यक्ष कृष्ण जिसीले आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्नेलाई धन्यवाद दिदैं प्रतिष्ठानका गतिविधिमा निरन्तर सक्रिय हुने बताए । अधिवेशनमा प्रगति प्रतिबेदन एकराज चापागाई, आर्थिक प्रतिवेदन पदम विश्वकर्माले प्रस्तुत गरेका थिए । अधिवेशनको अध्यक्षता कृष्ण जिसी, स्वागत देबेन्द्र घिमिरे र सञ्चालन एकराज चापागाईले गरेका थिए ।