हिन्दु धर्मालब्बीहरुले बिषेश महोत्सबका साथ मनाउने जनैपुर्णिमामा छिमेकी जिल्ला पर्वतका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन । जनैपूर्णिमाको अवसरमा हिन्दु धर्मालम्बीहरुलाई सहज हुने गरी कुस्मा नगरपलिका तथा जलजला र महाशिला गाउँपालिकाले विदा दिएको जनाएका छन् । कुस्मा नगरपालिकाका तर्फबाट नगरप्रमुख रामचन्द्र जोशी र महाशिला गाउँपालिकाकी उपप्रमुख हिराकुमारी थापा तथा जलजलाका प्रमुख प्रशाकीय अधिकृत अर्जुन शर्माले बुधबार बिज्ञप्ती जारी गर्दै सार्वजनिक बिदा दिने घोषणा गरिएको छ ।

बिज्ञप्तीमा आफ्नो पालिका भित्रकाबिज्ञप्तीमा आफ्नो पालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सामाजिक संघसंस्थाहरुलाई बिदा दिने निर्णय गरेको उल्लेख छ । कुस्माको छिमेकी बागलुङ्गको जैमिनु नगरपालिकाले पनि सार्वजनिक बिदा दिने निर्णय गरेका छन । यता म्याग्दीका स्थानीय तहले भने विदा दिएका छैनन् । म्याग्दीमा सामुदायिक विद्यालयले स्थानीय विदाको रुपमा घोषणा गरेपनि स्थानीय तहबाट भने औपचारिक जानकारी आएको छैन् ।

बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा जनैपूर्णिमाका बारेमा प्रदेश र संघीय सरकारकै निर्णयलाई कार्यान्वयन गर्ने बताइएको छ । जनैपूर्णिमामा हिन्दु धर्मालम्बी नीजि तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारी मर्कामा परेका छन् । प्रदेश सरकारले सार्वजनिक बिदा दिने अपेक्षा गरिएको भएपनि अहिले सम्म औपचारिक निर्णय गरेको छैन ।

Leave a Reply