‘जहाँ चिच्याउँदै बर मागिन्छ’

अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा बिहिबार पुजा गर्ने भक्तजनको भीड लागेको छ । हरेकबर्ष जनैपूर्णिमाको दिन पुजा हुन्छ । म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा मन्दिरमा दर्शन गर्न भक्तजनहरू पुगेका छन् । मन्दिरमा भाकल पुरा भएका तथा मनोकामना पुरा हुने विश्वासका साथ अधिकांसले भेडाको साँडे बलिदिने गरेका छन् ।

समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा निलगिरि हिमालको फेदमा अवस्थित मन्दिर निलो नजिकताल रहेको छ । निकै कठिन यात्राकाविचपुगिने मन्दिरमा भक्तजनहरूले चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन् । ‘धेरैले शिक्षा, ब्रिटिस आर्मी र बैदेशिक रोजगारमा सफलताको कामना गरेका छन् । केहीले राम्रो श्रीमान–श्रीमतिचाहियो भन्दै बर माग्छन्’ मन्दिर ब्यवस्थापन समितिका भिम प्रसाद तिलिजाले बताए ।

उनका अनुसार मन्दिर नजिक रहेको तालभित्र रहेका आफ्नो भाकल पुजारीलाई जानकारी गराएपछि पुजारीले चर्को स्वरमा भक्तजनको नाम र उसले मागेको बर माग्छन् । बर लिएपछि कसैसँग नबोलेर धोतीखोला सम्ममन्दिरतर्फ नहेरी जानुपर्ने परम्परा समेत रहेको छ । आफ्नो मनकामना पुरा भएपछि पुनःमन्दिरमा दर्शन गर्न जानेको संख्या समेत अत्याधिक रहेको छ । खरयभरानीमन्दिर तथाआसपासका रहेका ४ वटा मन्दिरमा पुजाआजा गर्न युवाहरु पुजारीका रुपमा खटिन्छन् ।

पटक–पटक मागे अनुसार पुरा भएको भन्दै बृद्धबृद्धाले समेत साँडे लिएर मन्दिरमाजाने गर्दछन् ।बलीका लागि खयरक्षेत्रमा करिव एक हजार भन्दा धेरै साँडे पालिएको छ । विगतमा मन्दिरमापुजागर्न करिव २ सय साँडेको बली दिने गरिएको थियो । यसबर्ष समेत भक्तजनहरु बुधबार नै मन्दिर आसपासका क्षेत्रमा पुगेका थिए ।

खयर क्षेत्रमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले लाखौंको पूर्वाधार विस्तार गरेका छन् । एउटाका साँडेको ४ हजार देखी १८ हजार सम्मविक्री हुन्छ । केहीबर्ष यता कलिला उमेरका भक्तजनको संख्या बढ्दै जानथालेको छ ।लेक लागेर केहीबिच बाटोबाटै फर्कने गरेका छन् । आफ्नो मनोकामना पुरा गरेरकाभक्तजन र स्थानीयको प्रयासमामन्दिरको पुननिर्माण समेत गरिएको छ ।

िजल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा समेत लिइने खोप्रा माधार्मिक पर्यटकलाई समेत लक्षित गरेर सामुदायिक लगानीमा होमस्टे सञ्चालन गरिएको छ। स्थानिय खयरभारनी युवाक्लव र खयरबराह क्षेत्र विकास समितिको सयुक्त आयोजना जनैंपुर्णिमा मेलागर्ने गरिएको छ । आधादशक अगाडी दलितलाई मन्दिर प्रवेश र पुजाआजामा रोक लगाएपनि पछिल्लो समय सहज पुजागर्ने गरेका छन ।

विगतमाखोप्रा देखी माथिल्लो क्षेत्रमा खुल्लाआकाश र आफ्नै टेन्टको ब्यवस्था गर्नुपर्ने बाध्यता रहेको भएपनि यसबर्ष पाउद्धार, शिख र आफ्नो मनोकामना पुरा भएका भक्तजनहरूले करिव १ करोडको लागतमामन्दिर, पदमार्ग, खानेपानी, शौचालय लगाएतमा अतिआवश्यक पूर्वाधारहरू विस्तार गरिएको छ ।