नांगीको बराहीथान मन्दिरमा भक्तजनको भीड

जनैपूर्णिमामा दिन अन्नपूर्ण गाउँपालिको वडा नं ८ राम्चे नांगीमा भक्तजनको भीड लागेको छ । पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकाङ्क्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनहरुले नांगीमा रहेको प्रसिद्ध बाराही थानमा पूजाआजा, तलाउमा स्नान गर्ने तथा भाकल गरेका छन् ।

पुजाआजा गर्न बुधबार विहानैदेखि धौलागिरी भित्रका म्याग्दी, पर्वत र बागलुङका साथै विभिन्न स्थानबाट म्याग्दी र पर्वतका विभिन्न स्थानबाट भक्तजनहरु नांगी पुगेको पुजा गर्न गएका मंगला गाउँपालिका १ कुहुँका एकजित रोकाले बेनीअनलाइनलाई बताए । बाराही थानमा पूजापाठ गरेपछि तलाउमा गएर चिच्याउँदै आफूलाई आवश्यक वर माग्ने र वर पूरा भएमा फिर्ता गर्नका लागि भक्तजन पुग्ने गर्दछन् ।

ताल परिसरमा एकएक गरी पालैपालो पुग्ने भक्तजनले आफूले चाहेको कुरा भन्ने र मगर समुदायको पुजारीले तलाउमा चुरलुम्म डुबेर हिलो दिने चलन रहेको छ ।तालको हिलो समातेर भक्तजनपछि नफर्कीकन घर र्फकर्ने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने हिमाञ्चल मावीक ाशिक्षक कृष्ण पुनले बताए । तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुवेर हिलो दिने चलन रहेको छ । अति विकटमा रहेपनि बर्षेनी सयौको संख्यामाभक्तजनहरू पुग्ने गरेका छन् ।