उपचारका लागि पोखरा गएकी रुमकी एक महिला सम्पर्कविहिन

उपचारका लागि पोखरा गएकी म्याग्दीकी एक महिलासम्पर्कविहिन भएकी छन् । जिल्लाको मालिका गाउँपालिका वडा नं २ रुम घर भएकी अन्दाजी ६३ बर्षकी बिरु पुन गत साउन २७ गते विहान १० बजेदेखि बेपत्ता भएकी हुन् । बायाँ हातको उपचारका लागि पोखरा गएकी थिईन् । हात भाँचिएपछि पोखरामा उपचारको क्रममा गीकी पुन भोटेचौरबाटस सम्पर्कविहिन भएको आफन्तले बताएका छन् ।

सम्पर्कविहिन भएकी पुनको खोजीको क्रममा केहीले बागलुङ बसपार्कमा भेटेको जानकारी दिएपनि खोजीकार्यको क्रममा अझै फेला नपरेको आफन्त विष्णु पुन मगरले बताईन् । ‘सबै क्षेत्रमा खोजी भइरहेको छ,‘ फेला पार्नुहुने माहनुभावले प्रहरीमा जानकारी गराइदिनुहोला’ पुनले भनिन् । पोखरामा अलमलमा परेको हुनसक्ने भएकाले हातमा पलाष्टर गरेको अवस्थामा रहेकी पुनलाई निम्न नम्बरमा समेत सम्पकका लागि परिवारले अपिल गरेका छन्

Contact :9843431193 ;9846851067;9866541637