‘चन्दा नदिएको कारण आक्रमण गरे’ वडा अध्यक्ष थापा

विप्लप समुहका कार्यकर्ताबाट मागेको चन्दा नदिएको आक्रोशमा आक्रमण गरेको बेनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिराबहादुर थापाले बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बेनीनगर कमिटीले आयोजना गरेका पत्रकार सम्मेलनमा थापाले अनियमितताको आरोप पुष्टी गर्न समेत चुनौती दिएका छन् । उनले अमानवीय क्रियाकलापको प्रमुख कारण चन्दा नै भएको बताए ।

बिहिबार विहान वडा कार्यालयमा सेवाग्राहीको काम गरिरहेको अवस्थामा विप्लव समुहका ४ जना कार्यकर्ताहरूले आधुनिक हतियार सहित प्रवेश गरी मोसो र चप्पलको माला लगाएर दुब्र्यवहार गरेको विषयमा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्षलाई कपोकल्पित आरोप लगाउनुको पछाडी पटकपटक समुहका सदस्यले मागेको चन्दा उपलब्ध नगराएको आक्रोशमा आक्रमण भएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा वडा अध्यक्ष थापाले समेत मासिक तलब बराबरको चन्दा गरी तीनपटक फोन आएको बताए । उनले अनियमितताको कुनैपनि प्रमाण पुष्टी भएमा जिम्मेबारीबाट राजिनामा समेत दिने बताए । ‘मैले जनताको एक पैसा पनि दुरुपयोग गरेको छैन्,‘चन्दा नदिएपछि आरोप लगाए’ थापाले भने ।

उनले वडा कार्यालयको सेवा लिने क्रममा राजश्वमा कुनै भेदभाव नभएको बताए । वडामा विनियोजित विभिन्न शिर्षकका बजेटमा अनियमितता गरेको ७ बुदाँ सहित कार्यालयमा प्रवेश गरेका विप्लव समुहका चारजना कार्यकर्ताले थापालाई मोसो र माला लगाएपछि असुरक्षित भएको थापाको भनाई थियो । नगर कमिटी अध्यक्ष सेरबहादुर केसी र सचिव राजकुमार थापाद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा वडा अध्यक्षलाई मासिक तलब बराबरको चन्दा माग गरिएको र पटकपटक चन्दाको नाममा धम्की समेत आउने गरेपनि बेवस्ता गरेकाले योजनबद्ध तरिकाले आक्रमण भएको बताइएको थियो ।

विज्ञप्तीमा पटकपटक चन्दा आतंक मच्चाउँदै नदिए भौतिक कारवाही उत्रर्ने, विकास निर्माणका कार्यमा अवरोध गर्ने, कानुनलाई हातमा लिएर आतंक मच्चाउने गरिएकाले कारवाहीको दायरामा ल्याउन प्रशासनसँग पार्टीले माग गरेको छ । पत्रकार सम्मेलनमा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, गण्डकी प्रदेश सांसद विनोद केसी, जिसस म्याग्दीका प्रमुद देबेन्द्र बहादु केसी, नेकपाका नेता बालकृष्ण सुबेदी, बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, कार्यपालिका सदस्य कृष्णबहादुर विश्वकर्मा लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।