हतियारधारी डाकूसँग वृद्ध जोडी यसरी भिडे, लुट्न दिएनन् (भिडियो)

भारतीय राज्य तामिल नाडुमा गत शनिबार एक वृद्ध जोडीले डाकूहरुसँग भिडेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा दुई खुकुरीजन्य धारिलो हतियार बोकेका डाकूसँग वृद्ध जोडी साहसका साथ लडेको देख्न सकिन्छ। उनीहरुले घर लुट्नबाट जोगाउँछन्। उक्त भिडियोमा बाहिर बसिरहेका एक वृद्ध व्यक्तिलाई डाकूहरुले कपडाले घाँटीमा बेरेको देखिएको छ। श्रीमानको आवाज सुनेपछि वृद्धा महिला बाहिर निस्कन्छिन्।

त्यसपछि झडप सुरुहुन्छ। बुढा बुढी मिलेर प्लास्टिकका कुर्सी, चप्पल लगायतले डाकूहरुलाई प्रहार गर्दछन्।डाकूहरुले धारिलो हतियार प्रहारको प्रयास गर्दछन्। उक्त घटना तामिल नाडुस्थित कल्याणीपुरममा भएको इन्डिया टुडेले जनाएको छ।यस घटनाका वृद्धका नाम सानमुगाभेल र वृद्धाको नाम सेन्थामराई भएको जनाइएको छ। उनीहरुको उमेर ७० भन्दाबढी हो।यतिबेला प्रहरीले सीसीटीभी फुटेजको आधारमा घटनाबारे अनुसन्धान गरिरहेको छ।nepalkhabar.com