गण्डकी प्रदेश विकास परिषदमा म्याग्दीका चारजना मनोनित

0
422

गण्डकी प्रदेश विकास परिषदमा म्याग्दीका चारजना मनोनित भएका छन् । प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य संचालन) आदेश २०७४ मा मुख्यमन्त्रीको अध्यक्षतामा गठन हुने परिषद्को सदस्यमा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन, मालिका गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालु र म्यागासेसे विजेता महावीर पुनलाई मनोनित गरिएको हो ।

उच्च आर्थिक बृद्धि, सन्तुलित र दिगो बिकासका लागि आवधिक योजनाको तर्जुमा, कार्यान्वयन, सहजीकरण, अनुगमन तथा मूल्यांकन गर्न र नीतिको अनुसन्धान तथा बिकास र प्रदेश सरकारलाई सल्लाह र सहयोग प्रदान गर्न परिषद्ले भूमिका खेल्ने सदस्य खरमायाँ विटालुले बताईन् । ‘जिम्मेबारीलाई गाउँपालिकाको हितमा प्रयोग गर्छु,‘योे अवसरका लागि प्रदेश सरकालाई धन्यवाद दिन चाहन्छु’ उनले भने । परिषद्मा सांसद सहित विभिन्न क्षेत्रका विज्ञहरुको समेत उपस्थिती रहेको छ। हरिकृष्ण गौतम

Leave a Reply