विहानै कार्यालयमा पुगेका बेनी नगरपालिका–२ ज्यामरुकोटका वडा अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाका कार्यकर्ताले कार्यकक्षमै आधुनिक हतियार ‘कक’ गरे । कार्यालयमा सेवाग्राहीको काम गरिरहेको अवस्थामा चारजनाको टोली प्रवेश गरी दुब्र्यवहार गर्नु अगाडी गोली भएको लामो आकारको हतियार ‘कक’ गरेको अध्यक्ष थापाले बिहिबार पत्रकार सम्मेलनमा बताए । मोसो र चप्पलको माला लिएर गएका विप्लवका कार्यकर्ताले पेस्तोल देखाएर तीनमिनेटमै बाहिरिएको वडा अध्यक्षको भनाई छ । ‘उनीहरूको हातमा आधुनिक हतियार थियो,‘कक गरेको आवाज नै आएको थियो,‘पूर्व योजना अनुसार नै आएको देखियो’ अध्यक्ष थापाले भने ।

थापासँगै वडा कार्यालय आसपासका क्षेत्रमा माक्स सहित फर्किने बेलामा स्थानीयले समेत हातमा हतियार देखेको बताएका छन् । पेस्तोलभन्दा लामो देखिएकाले कुन नाम गरेको हतियार भन्ने बारेमा यकिन नभएपनि आधुनिक जस्तै देखिएको बताइएपछि विप्लवका कार्यकतासँग हतियार नै रहेको बताउन थालिएको छ । वडा अध्यक्ष र स्थानीयको भनाई अनुसार विप्लवका नेताकार्यकर्ताहरू हतियारसहित देखिएको पुष्टी हुन्छ ।

हतियार देखाउने क्रममा अध्यक्ष थापासँग एक सेवाग्राही समेत थिए । हतियार देखाएरै आक्रमण गरेको थापाको भनाईले माओवादीको शसस्त्र यूद्धमा जस्तै ग्रामिण क्षेत्रमा विप्लवका कार्यकर्ताहरू हतियासँगै हिड्न थालेपछि विप्लवसँग हतियार भन्ने बहस सुरू भएको छ । माओवादीको शसस्त्र जनयूद्धमा म्याग्दी जिल्ला प्रभावित जिल्लाको रुपमा चिनिएको थियो ।स्थानीय तहको निर्वाचनपछि पहिलोपटक जननिर्वाचित वडा अध्यक्षलाई दुब्र्यवहार गरेको घटनासँगै हतियार जोडिएपछि विप्लवसँग कति छन् हतियार ? भन्ने बहस समेत पेचिलो बनेको छ ।

म्याग्दीमा विष्फोटका आवाज सुनिने तथा एनसेलको टावरमै विष्फोट गराउने विप्लवका कार्यकर्ताहरु भएपनि बन्दुक नै लिएर दिउँसै आक्रमण गरेको घटनाप्रति सुरक्षा अधिकारीले समेत चासो देखाएका छन् । एसएलआर, थ्री नट थ्री, चाईनिज पेस्तोल सहितका हतियार भएको अनुमान गरिन्छ । विष्फोटक पर्दाथमका प्रयोग हुने बारुद्ध, विभिन्न किसिमका तार तथा फलामका नटहरू भएपनि आधुनिक हतियार सहितका कार्यकर्ता म्याग्दीमा नभएको सुरक्षा निकायको भनाई छ ।

कति छन् विप्लव समूहसँग हतियार? भन्ने बारेमा प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जिल्लाभित्रविप्लवका सक्रिय नेताहरू नभएकाले कार्यकतासँग हतियार भएको विश्वास गर्न नसकिने बताए । ‘हतियारजस्तै बनाएर आउँछन्,‘उनीहरुले हतियार भनेपनि हल्लामात्रै पनि हुनसक्छ’ उनले भने । नक्कली बन्दुक कक गरेर समेत त्रसित बनाउन सक्ने बताए । नक्कली खेलाउन किसिमको बन्दुकलाई कक गर्दा आवाज समेत आउने गरेको छ ।

बेनपा २ मा हतियारको प्रयोग गरिएको विषयमा जनप्रतिनिधिले नै जानकारी दिएकाले अनुसन्धानकै क्रममा रहेको बताए । गत साउन ५ गते म्याग्दीका दुई ठूला नेतालाईतत्कालीन धवलागिरि ब्यूरो सदस्य हाल म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यसँग समेत हतियार नभएको अवस्थामा कार्यकर्तासँग हतियार भएको भन्ने हल्ला मात्रै हुनसक्ने बताए ।

उनले म्याग्दीकै प्रमुख नेतासँग हतियार नभेटिएको अवस्थामा कार्यकर्ताले हतियार प्रयोग गर्ने हल्लालाई सत्य मान्न नसकिने भएपनि प्रतिबन्धित अवस्थामा शसस्त्र समुहको गतिविधि देखाइरहेको हतियार हुनसक्ने तर ठूला हतियारको सम्भावना नभएको बताए । उनले दुईचारजना कार्यकर्ता हिड्ने अवस्थामा ठूला हतियार परिचालन सम्भव नभएको बताए । हाल भूमिगत रहेका नेताकार्यकर्ताहरुमा जनसेनाबाटै आएकाहरु पनि भएकाले पनि हतियार परिचालन भएको हुनसक्ने अनुमान गरिएको छ । File photo: Google