नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला तथा गाउँ÷नगर अधिवेशनले महासंघ म्याग्दीको अध्यक्षमा जयराम सुवेदीलाई निर्वाचित गरेको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट महासंघको सह–अध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल, सचिवमा जगत सापकोटा, महिला सहसचिवमा देवी आचार्य र अर्थ सहसचिवमा शान्तबहादुर नेपाली चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा मनिसा गुरुङ, बालकुमारी खत्री, विष्णुकुमारी सुवेदी, देवराज शर्मा, दुतबहादुर गर्बुजा, ओमकार पौडेल, जगतबहादुर खत्री, रमेश पौडेल, यामबहादुर खत्री, मुक्तिनाथ पौडेल, खगेन्द्र सापकोटा र विनय श्रेष्ठ निर्वाचित भएको महासंघका नवनिर्वाचित अध्यक्ष सुवेदीले जानकारी दिए । यसैगरी महासंघको स्थानीय तहका कमिटीहरुतर्फ बेनी नगरपालिकामा दिपक श्रेष्ठ, रघुगंगामा याम शेरपुञ्जा, अन्नपूर्णमा रमन पुन, मंगलामा भद्रबहादुर जिसी, मालिकामा डम्मर घर्ती र धवलागिरीमा हरिहर पौडेल निर्वाचित भएका छन् । अधिवेशनको नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले उद्घाटन गरेका थिए ।

नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष दुर्गाराम सुवेदीको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष जयराम सुवेदीको सञ्चालन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन म्याग्दीका अध्यक्ष हुमनाथ पाण्डेको स्वागतमा सम्पन्न भएको थियो । यसैबीच यसअगाडी नै धवलागिरी गाउँपालिकामा हरिराज पौडेल र अन्नपूर्णमा रमन पुन चयन भएका थिए । महासंघमा राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन बीच सहमतिमै नेतृत्व टुंगो लागेको थियो ।

 

 

 

विज्ञापन