उपचारका लागि पोखरा गएकी मालिका गाउँपालिका वडा नं २ रुम घर भएकी एक महिला रामबजारमा फेला परेकी छन् । ६३ बर्षकी बिरु पुन गत साउन २७ गते विहान १० बजे भोटेचौरबाट सम्पर्कविहिन भएकी थिईन् । उपचारको क्रममा गाउँबाट पोखरा गएकी पुन सम्पर्कमा नआएपछि आफन्तले प्रहरी तथा विभिन्न माध्यमबाट खोजीकार्य गरेका थिए ।

बायाँ हातको उपचारका लागि पोखरा गएकी पुन सम्र्पकमा नआएपछि आफन्तले सञ्चारमाध्यमबाट समेत सहयोगको अपिल गरेका थिए । खोजीकार्यको क्रममा हातमा पलाष्टर गरिएको अवस्थामा भेटिएपछि परिवारलाई सम्पर्क गरिएको थियो । पोखराका विभिन्न चोक तथा गल्लीभित्र पाँचदिनसम्म विताएकी पुनलाई परिवारले जिम्मा लिएका छन् ।

विज्ञापन