एनआईसी एसिया बैंक लिमिटेडले म्याग्दीको सदरमुकाम बेनीमा काउण्टर विस्तार गरेको छ । बेनी नगरपालिका वडा नं ७ स्थीत म्याग्दी पुस्तकालयको दोस्रो तलामा विस्तारित काउण्टरमार्फत सेवा सुरु गरेको हो । छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका पर्वतबेनीमा अवस्थित शाखामार्फत म्याग्दीका सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएपछि काउण्टरमार्फत राजश्व संकलन सहित कर्जा प्रवाह बाहेक अन्य सेवा उपलब्ध गराउन काउन्टर स्थापना गरिएको पर्वतबेनी शाखाका प्रबन्धक गणेश पौडेलले बताए ।

‘म्याग्दीका सेवाग्राहीलाई सहज हुनेछ,‘सेवाप्रवाहलाई प्रभावकारी बनाउँछौ’ पौडेलले भने । उनका अनुसार काउण्टरको औपचारिक उद्घाटन गरिने भएपनि सेवा प्रवाह सुरु भइसकेको बताए । काउण्टरबाट निक्षेप खाता खोल्ने, बचत तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडीएसएल, डिसहोमको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा मागको विवरण संकलन लगाएत बैकका सेवाहरुका बारेमा जानकारी दिने बताइएको छ । काउन्टरमार्फत बेनीमा घरदैलो अभियान सहित विभिन्न रचनात्मक कार्यहरु समेत गरिने छ ।

विज्ञापन