गएराती राती साढे ११ बजे पाउद्धारको खयरमा चट्याङ लागेर ७० भेडा मरेका छन् । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका राजेश तिलिजा, मिन बहादुर गुरुङ, दिल बहादुर शेरपुञ्जा, लाल बिर तिलिजा, तिल बिर तिलिजा, यम बहादुर तिलिजा, कमल तिलिजाको संयुक्त लगानीमा रहेको भेडी गोठमा अचानक चट्याङ परी भेडा मरेका ७० भेडा मरेका छन् । जिल्लामा भेडापालनको पकेट क्षेत्र मानिने खयर क्षेत्रमा स्थानीय यूवाले एकल तथा सामुहिक लगानीमा भेडापालन गरेका छन् । एउटा भेंडाको ५ हजार देखि २२ हजारसम्म विक्री हुन्छ ।

 

बर्षौदेखि भेंडापालन गरिरहेका पाउद्धारका भेडापालक किसानले पशु जनैपुर्णिमा मेला, दशैतिहार लगाएत अन्य चाडपर्वमा सबैभन्दा बढि विक्री हुने गरेको छ । चट्याङ लागेर घाईते भएका भेडाहरूको संख्या समेत धेरै भएको हुनसक्ने अनुमान गरिएको छ । पाउद्धारबाट प्रहरी सहित स्थानीयको टोली क्षतीको विवरण संकलन गर्न घटनास्थलतर्फ लागेका छन् । खयर क्षेत्रमा भेडा र चौरीपालनका लागी पकेट मानिन्छ । उच्च हिमाली क्षेत्रको बुकिमा रहेका अस्थायी गोठमा राखिर्एका भेडाबाट बर्षेनी लाखौं कमाउने गर्दछन् ।