हरेक वर्षको भाद्र कृष्ण पक्षको अष्टमी तिथिलाई कृष्ण जन्माष्टमी भनिन्छ । यो तिथि यस वर्ष भाद्र महिनाको ६ गते शुक्रबारको दिन परेको छ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णलाई मानिन्छ । अन्याय, अत्याचार तथा राक्षसी प्रवृत्ति विरुद्धका योद्धाको प्रतीकको रुपमा समेत कृष्णलाई लिने गरिन्छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाईमा संलग्न अर्जुनलाई कृष्णले दिइएका उपदेशहरुको सङ्कलन नै श्रीमद्भागवत गीता हो जसलाई हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ।

यिनको जन्म मथुराका यादवको भृष्नी कुलमा भएको थियो । देवकी तथा वासुदेवका आठौं सन्तानको रूपमा द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस तिथिलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । कृष्ण जन्माष्टमीलाई गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा जन्माष्टमी पनि भन्ने गरिन्छ । हिन्दू धर्मावलम्विहरु कृष्णलाई भगवान विष्णुको आठौं अवतारको रूपमा समेत मान्ने गर्दछन् ।

????????????????????????????????????

यस दिन हिन्दू धर्मावलम्विहरूले कृष्णको पूजा÷आराधना, प्रवचन गर्दै उनको महिमा गाएर व्रत बसी रातभर जाग्राम बस्ने चलन समेत रहेको छ । प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलिय गणनाको आधारमा कृष्णको जन्म १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो । जसलाई गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पनि चिनिन्छ । कृष्णको जन्म जेलमा भएको थियो । राजा कंशले आफ्नी बहिनी देवकीलाई जेल हालेका थिए । जेलभित्र सातौं सन्तान वलाराम र आठौं सन्तानको रुपमा कृष्ण जन्मेका थिए जसलाई देवकीले सुरक्षित तवरले गोकुल पठाएकी थिइन् । कृष्णको वाल्यकाल दाजु वलारामको साथमा गोकुलमै वित्यो । पछि मथुरा फर्के र दाजु बलरामको सहायताले आफ्नै मामा कंशको नाश गरे ।

कृष्णकी श्रीमती रुकमिणी हुन् तर कृष्णको नाम राधासँग जोडिन्छ र आस्थाको साथ दुवैलाई सँगै पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभर धेरै ठाँउमा छन् । लेखक कृष्ण धारावासीले आफ्नो ‘राधा’ उपन्यासमा राधाको मनोविज्ञान र कृष्ण र राधाबीचको उतारचढावलाई प्रस्तुत गरेका छन् । विवाहकै लागि प्रेम गरिदैन भन्ने कुराको वलियो प्रमाणको रुपमा कृष्ण र राधाको प्रेमलाई लिन सकिन्छ । ’मीरा’ पनि कृष्णलाई अति नै प्रेम गर्थिन् जो एक गृहस्थि जीवन व्यतित गरिरहेकी महिला थिइन् । कृष्णको आकर्षण र अनुभूतिमात्रैले पनि आफ्ना सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खोजिमा निस्केकी थिइन् ।

श्रीकृष्ण भुषाल
ज्योतिष अनुसन्धान केन्द्र
क्याम्पसचोक बेनी म्याग्दी
सम्पर्कः ९८४७१३८७०६

Leave a Reply