इन्डोनेसियामा अलपत्र परेकी एक म्याग्देली चेलीलाई घर फिर्तीका लागि आवश्यक पर्ने आर्थिक जुटाउन समस्या भएको छ। मानव तस्करी गिरोहको प्रभावमा अष्ट्रेलिया जान भन्दै इन्डोनेसिया पुगेकी बेनी नगरपालिका वडा नं ९ तोरिपानीकी मुना खत्रीलाई घर फिर्तीका लागि आवश्यक कागजात सहितको प्रक्रिया पुरा भएपनि टिकट तथा अवैध बस्दा तिर्नुपर्ने जरिवाना ब्यवस्थापन नहुदाँ नेपाल फिर्तीको प्रक्रिया रोकिएको मुनाका पिता दिलबहादुरले बताए ।

‘मैले धेरै पैसा खर्च गरिसके, तत्काल थप आर्थिक जुटाउन समस्या भइरहेको छ’ दिलबहादुरले बेनीअनलाइनलाई भने । उनका अनुसार अस्टेलियाका लागि दलालमार्फत करिव ३५ लाखभन्दा धेरै खर्च भइसकेको बताउँदै जरिवाना र टिकट गरी कुल २ लाखभन्दा धेरै लाग्ने बताए । सात महिनादेखि अलपत्र परेका छोरी इन्डोनेसियाको जकातास्थति इमिग्रेसनमा छट्पटाइरहेको र उद्धारका लागि आर्थिक जुटाउने अभियानमा रहेको बताए ।

उनका अनुसार उद्धार सहित आर्थिक सहयोग अभियानमा सामाजिक अभियान्ता चन्द्रकुमार केसीले पहिलोचरणमा २५ हजार तथा टिकटका लागि समते केही सहयोगको प्रतिबद्धता जनाएको बताए । टिकट र जरिवाना सहित करिव २ लाख संकलन गर्नुपर्ने अवस्था रहेको परिवार स्रोतको भनाई छ । मुनालाई इन्डोनेसियासम्म लैजाने दलालले समेत प्रहरी समक्ष आत्मसर्मपण गरेकाले पनि समस्या जटिल भएको बताइएको छ । पासर्पोट र नागरिकता सहितका कागजात समेत नियन्त्रणमा रहेकाले आर्थिक सहयोग संकलन गरेमा दुईासताभित्र घरफिर्तीको वातावरण बनाउन सकिने मुनालाई घरफिर्ती अभियानमा सक्रिय केसीले बताए ।

‘सानोसानो सहयोगले मुनालाई घर फर्कने वातावरण बनाउँ,‘उनलाई धेरै समय त्यहाँ राख्न हुदैन’ केसीले भने । मुनालाई बेनपा २ स्थायी घर भएका डोलिन्द्र कार्कीले दलालसँगै मिलेर खत्री पठाएका थिए । मलेसियाको क्वालालाम्पुरस्थित नेपाली दूताबासलाई जानकारी गराएर उद्धारको प्रयास हुन सकेको छैन् । यसैबीच खत्रीलाई उद्धार गरी नेपाल ल्याउने अभियान सुरु भएको छ । सामाजिक अभियान्ता चन्द्रकुमार केसीको सक्रियतामा इन्डोनेसियमा रहेका नेपालीहरूलाई सहयोग माग गरिएको छ ।