आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवी लामिछाने र पत्रकार युवराज कँडेलको रिहाईको माग गर्दै बागलुङमा प्रदर्शन गरिएको छ । युथ अफ बागलुङले पत्रकार रबि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै बागलुङमा दवाब मुलक ¥याली निकालेका हुन । उनीहरुले बागलुङको लोकतान्त्रिक चोकबाट ¥याली सुरु गरि धौलागिरी चोक, जिपपार्क, लालीगुराँसचोक, गोदामचोक, जिल्ला प्रशासन हुँदै हल्लन चोबाट पुनः लोकतान्त्रिक चोकमा आएर समपन गरेका थिए ।

उनीहरुले रबी लामिछाने जिन्दावाद, गृहमन्त्री मुर्दावाद, रबि दाईलाई रिहा गर लगायतका नारा लगाउँदै बागलुङ बजार परिक्रमा गरेका थिए । पक्राउ परेको पत्रकार लामिछाने र कँडेलको निष्पक्ष छानवीन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेका थिए ।शालिकराम पडाशैनीको आत्मा हत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले गत साउन ३० गते तीन पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा राखिएको छ ।

Leave a Reply