दुवै मृगौला काम नलाग्ने भएका बेनी नगरपालिका– ५ पुलाचौर भिरमुनीका डेकनाथ शर्माको उपचारमा आर्थिक अभाव देखिएको छ । बेनीमा सानो ब्यवसाय गदैं बसेका शर्माको उपचारको क्रममा दुवै मृगौलामा समस्या देखिएपछि मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको विज्ञान शर्माले बताए । ‘घरको आर्थिकले मात्रै उपचार सम्भव छैन्,‘सानोसानो सहयोगको अपेक्षा गछौ’ शर्माले भने ।

उनका अनुसार समान्य परिवारका शर्माले बेनीमा चियापसल गदैं आइरहेका थिए । डेढ महिनादेखि काठमाण्डौंको आरोग्य स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । अस्पतालले उनको दुवै मृगौला फेल भएकाले प्रत्यारोपण सहित आवश्यक उपचारका लागि लाग्ने सहयोग जुटाउनुपर्ने बताएका छ । हालसम्म आफन्तकै भरमा अस्पताल पु¥याएर औषधी उपचार गरिरहेका शर्माको थप परिवारभित्रका सदस्यको मृगौला म्याच नगरेकाले ठुलो आर्थिक सहयोग आवश्यक पर्ने जनाइएको छ । शर्माको उपचारमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले २५ हजार सहयोग गरेको छ भने गाउँकै भृकुटी यूवा क्लव, भृकुटी आमा समुहले आर्थिक अभियान सञ्चालन गरेको छ । शर्मा बचाउन अभियानका लागि गण्डकी विकाश बैंकमा खाता खोलिएको छ ।

विज्ञापन