गत असारको अन्तिम साता बेनीमा सम्पन्न पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा एथलेटिक्सतर्फ स्वर्ण पदकको आशा गरिएकी एक छात्राले अघिल्लो दिन रेष्टुरेन्टमा साथीहरूसँग रेष्टुरेष्टमा हुक्का तानेकी थिईन् । सदरमुकाम बेनीकै एक विद्यालयमा अध्धयरत उनले भोलीपल्ट प्रतियोगितामा सबैभन्दा पहिले मैदानबाट निस्कनुप¥यो । नगरपालिकास्तरीय प्रतियोगितामा स्वर्णपदक जितेकी उनले शिक्षकलाई स्वास्थ्यमा समस्याका कारण नभई रमाईलोका लागि तानेको बताएकी थिईन् ।

उनीजस्तै उक्त दिन हुक्का तान्न रेष्टुरेन्ट हानिएका अघिल्लो प्रतियोगितामा पदक जितेका कुनैपनि खेलाडीले पदक चुम्म सकेनन् । पछिल्ला केहीबर्ष यता सदरमुकाम बेनीका होटल तथा रेष्टुरेन्टमा हुक्का तान्नेको जगजगी देखिन्छ । हुक्काकै लागि तन्नेरीहरू घण्टौसम्म रेष्टुरेन्टमा भेटिन्छन् । फेसन र साथीहरूको सहयोगमा हुक्का तान्न स्कुले विद्यार्थीदेखि कलेज पढ्ने विद्यार्थीहरू रहेपनि स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने बारेमा समान्य जानकारी समेत छैन् ।

विभिन्न रङ र साइजका हुक्का तान्दा पैसासँगै कलिलै उमेरदेखि रोग समेत निम्त्याएको छ । चुरोटभन्दा १० गुणा हानिकार हुक्काले यूवापुस्तालाई रोगी बनाउँदै छ भने होटल तथा रेष्टुरेन्टमा विभिन्न रङका हुक्कामार्फत आयआर्जन थपिदैछ । केही रेष्टुरेन्टको आम्दानी नै हुक्काले चलिरहेको छ । होटल र रेष्टुरेन्टका क्याविनहरूबाट हुक्काको मुस्लो निस्कन्छ ।हुक्कालाईशिशा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजाजस्ता नामले हुक्का चिनिन्छन् ।

स्याउ, आरु, नरिवल, आँप, पुदिना, कोला, स्ट्रबेरीका फ्लेबरमा उपलब्ध हुक्कामा यूवाजस्तै यूवतीहरू पनि आर्कषित हुनै गएका छन् । ‘अफिसबाट दिउँसो खाजासँगै नियमित हुक्का तान्छु,‘मैले १२ कक्षाको परिक्षा दिएपछि हुक्का सुरु गरे’ एक यूवाले भने। उनले पेसेवरजस्तै गरी हुक्का तान्ने र विभिन्न आकारमा धुँवा उडाउने सक्छन् ।

पहिलोपटक हुक्का सेवन गर्नेहरुलाई असज भएपनि नियमित सेवन गर्नेहरुलाई सहजै हुन्छ । यता चिकित्सकले हुक्का चुरोटभन्दा बढी हानिकारक हुने बताउँछन् । बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर नवराज बस्ताकोटीले चुरोट बढिमा दुईजनाले सेयर गरी सेवन गर्न मिल्ने भएपनि हुक्का १० जनासम्मले सामुहकि रुपमा प्रयोग गर्ने गरिएकाले पनि यसले अन्य रोगहरु समेत निम्त्याउने बताए । ‘एकब्यक्तिको रोग अर्कोमा सजिलै संक्रमण हुन्छ,‘हुक्काको पाइपभित्रै पनि संक्रमण हुने सम्भावना हुन्छ’ बस्ताकोटीले भने। उनका अनुसार पाइप राम्रोसँग सफा नगरेको अवस्थामा जटिल रोगहरु समेत सर्ने भएकाले सचेत हुन अनुरोध गरे ।

हुक्कामा चुरोटभन्दा ३ गुणा निकोटिन, १० गुणा कार्वनओनोअक्साइड, २५ गुणा टार, ५० गुणा लिडको मात्रा हुने भएकाले पनि हुक्कालाई रोगको साथीको रुपमा समेत ब्याख्या गरिन्छ ।  बेनी र जिल्लाका ब्यापारिक केन्द्रमा रहेका होटलमा दैनिक ४ सयले खाने गरेको एक तथ्याङले देखाएको छ । १६ सय भन्दा बढी हुक्काका पोड विक्री देखिन्छ । पछिल्लो एकबर्षयता विक्रेताहरु समेत बेनीमा आउन थालेका छन् । हुक्का होटलसँगै ब्यक्तिगत रुपमा घरमै समेत प्रयोग गर्ने प्रयोगकर्ता समेत भेटिन्छन् । हुक्काको प्रयोगकर्ता ८० प्रतिशतभन्दा धेरै यूवाहरु नै छन् । हुक्का र चुरोटलाई दुब्र्यनमा बस्ने यूवाहरुको सुरुवाती चरणको रुपमा लिइन्छ ।

 

 

 

विज्ञापन