बेनी–गलेश्वर सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदाँ एक यूवा घाईते भएका छन् । सडकखण्ड अन्तरगत रातोपहिरोमा ध १ प ४५३८ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना हुदाँ मालिका गाउँपालिका २ रुम बस्ने भुवन घर्ती घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते घर्तीको बेनी अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको छ । उनको खुट्टा लगाएत शरीरमा चोट लागेपनि खतारमुक्त छन् । विपरित दिशाबाट आएके सवारीसाधन नजिकै अनियन्त्रित हुदाँ दुर्घटना भएको जनाइएको छ ।