पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले सत्य निरुपण तथा मेलमिलाप आयोगमा अध्यक्ष बन्न अस्वीकार गरेका छन्। आयोगमा बस्न प्रस्ताव आएको स्वीकार्दै श्रेष्ठले आफू अनिच्छुक रहेको बताए।‘जहाँबाट प्रस्ताव आयो, त्यहाँ मैले जान्न भनेको छु’, श्रेष्ठले भने, ‘मलाई रुचि पनि हुन पर्‍यो नि।’ पूर्वमहान्यायाधिवक्ता श्रेष्ठलाई अध्यक्ष बनाउन बुधबार साँझ सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको शीर्ष नेतृत्व मोटामोटी सहमतिमा पुगेको स्रोतहरूले दाबी गरेका बेला उनले आयोगमा बस्न अस्वीकार गरेको बताएका हुन्।

‘बालुवाटारमा त तपाईँलाई अध्यक्ष बनाउने सहमति भएको छ रे नि’ भन्ने प्रश्नमा उनले भने- ‘सहमति त भयो होला तर म आराम गरेर बसेको छु। अनवान्टेड बर्डन (अनावश्यक भार) किन लिने ?’यसअघि बालुवाटारमा बुधबार साँझ सत्ता पक्ष र प्रतिपक्ष सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिका बारेमा छलफलमा जुटेका थिए। याे खबर अन्नपूर्ण पाेस्टमा छ।

विज्ञापन