फर्जी बिल बनाएर अनियमितता गरेको स्वास्थ्य कार्यालय बेनीका सहायक हेल्थ असिस्टेन्ट भरत आचार्यलाई अख्यियार दुरूपयोग अनुसन्धान आयोग काठमाण्डौले नियन्त्रणमा लिएको छ । गत आर्थिक बर्षमा जिल्लाका विभिन्न स्थानमा गरिएको कार्यक्रममा अस्वभाविक बिलभरपाई बनाएर कार्यालयमा पेश गरेको आरोप अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

स्वास्थ्य कार्यालयका गतबर्ष सम्पन्न भएका कार्यक्रममा बजारमुल्यभन्दा चारगुणा बढी मुल्य भएको बिल पेश गरेको पाइएपछि आचार्यलाई थप अनुसन्धानका लागि काठमाण्डौबाट खटिएको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको क्षेत्रीय कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालले बताउनुभयो ।

‘यो मुद्धा पोखराले हेरेको छैन्,‘केन्द्रबाट आएको टोलीले स्थलगत रुपमै पुगेर अनुसन्धान गरिरहेको छ’ रिजालले भन्नुभयो । टोलीको अनुसन्धानमा आचार्यले गरेका हरेक कार्यक्रममा खर्चभन्दा दुईतीन गुणा बिल बनाएको पाइएको छ । सहभागीको खाजादेखि अन्य विभिन्न शिर्षकमा चर्को बिल बनाएको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

अख्तियारको टोलीले नियन्त्रणमा लिइएका आचार्यले बेनीबजारदेखि ग्रामिण क्षेत्रमा खाजा, स्टेशनरी, खाना लगाएत विभिन्न शिर्षकमा होटलमा स्थलगत रुपमा पुगेको थियो । गएको आर्थिक वर्षमा सम्पन्न कार्यक्रम वापत कार्यालयका आचार्यले नै पेस्की फछ्र्योट गरिदिने वाहनामा घुस मागेको भन्दै अख्यिारको सहयोगमा गत साउन १२ गते निमित्त कार्यालय प्रमुख भिमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी,लेखापाल हरिशंकर शर्मा र चालक भवदत्त जैसीलाई टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

अख्तियारले कार्यालय प्रमुख सहित नियन्त्रणमा लिएपछि आचार्यले तथ्याङ्क सहायक मेघनाथ रेग्मीको सहयोगमा आफ्ना बिलभरपाई मेटाउन औजार प्रयोग गरी ताला तोडेर प्रवेश गरेका थिए । आफ्नो कमजोरी लुकाउन प्रमाण नष्टको प्रयास गरेको आशंका जिल्ला प्रशासन कार्यालयले कागजात सहित कार्यालयको सुरक्षाका लागि दर्ताचलानी, छाप सहितको कागजात उपलब्ध गराएर कार्यालय प्रमुख र प्रशासन शाखाको चापी नियन्त्रणमा लिएको छ । हाल स्वास्थ्य मन्त्रालयबाटै कार्यालय प्रमुख खटाइएको छ ।

ताला तोडेपछि जिल्ला प्रशासन सहित प्रहरीको टोलीले छानविन गदैं गरेको फाइल तस्वीर ।

विज्ञापन